बागलुङमा आत्महत्या गरी ज्यान फाल्नेको संख्या सर्वाधिक, जबर्जस्तीकरणीका घटना बृद्धि !

डम्मर बुढा मगर, बागलुङ २०७४ फागुन १६ । बागलुङ जिल्लामा आत्महत्याका घटनाहरु बढी हुने गरेको तथ्याङ्कले देखाएको छ । विगत तीन आर्थिक वर्षमा बागलुङ जिल्लामा झण्डै सय जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्राप्त तथ्याङ्क अनुसार आव २०७२/२०७३ मा ३५ जना २०७३/२०७४ मा ४३ जनाले आत्महत्या गरेका थिए भने चालु आवको फागुन ६ गते सम्ममा आत्महत्या गर्नेको संख्या १९ जना पुगेको तथ्याङ्कले देखाएकोछ । आत्महत्या गर्नेहरुमा झुण्डिई आत्महत्या गर्ने सर्वाधिक ८४ जना रहेका छन् भने विष सेवन गरी मर्नेहरुको संख्या ८ रहेकोछ जबकि हामफाली आत्महत्या गर्नेहरु ४ जना रहेका छन् । आत्महत्या गर्नेहरुमा पुरुष भन्दा बढी रहेको श्रोतले बतायो ।

आत्महत्याको घटनापछी जबरजस्ती करणीका घटना जिल्लामा बढी रहेको छ । विगत दुई आवमा जवरजस्ती करणीका २७ घटना जिल्ला प्रहरी कोर्यालयमा दर्ता भएको देखिन्छ भने चालु आवको पहिलो ८ महिनामा जबरजस्तीकरणीका ७ मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएकोछ । जबरजस्ती करणी उद्योगमा विगत दुई आवमा क्रमश ३।३ गरी ६ र चालु आवको ८ महिनामा ५ मुद्दा दर्ता भएको छ ।

यसैगरी कर्तव्य ज्यानमा विगत दुई आवमा क्रमश ८ र ६ चालु आवको फागुन ६ गते सम्म ४ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ भने गत २ आवमा ज्यानमार्ने उद्योगमा क्रमश ५ र ३ चालु आवमा २ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । प्राप्त तथ्याङ्क अनुसार भवितव्यबाट गत दुई आवमा क्रमश १६ र १९ तथा चालु आवमा ५ जना गरी ४० जनाको ज्यान गएको छ ।

यस्तै फुटकर ज्यानमा विगतका दुई वर्षहरुमा क्रमश: ५ र १९ तथा चालु आवमा १ जना रहेका छन । सवारी ज्यान शिर्षकमा आव २०७२/०७३मा ८, २०७३/०७४ मा १४ तथा चालु आवको हालसम्म ७ जनाको ज्यान गएको विवरणले देखाउछ ।

यसै गरी विगत दुई आवहरुमा लागु औषध सम्वन्धी १३ मुद्दा परेका थिए भने चालु आवमा ९ मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ । विवरणमा धेरैजसो मुद्दाहरु फस्र्यौट भएको देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *