घुम्टे युवा परिवार गल्कोट- ७ मल्मको ३३ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेला २०७४ सुरु !

गल्कोट, (बागलुङ) २०७४ फागुन १६ । खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकिय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको ३३ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेला २०७४ सुरु भएको छ ।

मेलाको उदघाटन पछि बोल्दै प्रतिनिधि सभा सदस्य मन कुमारी केसीले अव युवाहरुलाई स्वदेशमै स्वरोजगार वातावरण सृजना गरि देशमै आर्थिक समृद्धीको वातावरण निर्माण गर्नुपर्ने बताएकी छन । उनले पर्यटकीय स्थल घुम्टे, गाईघाट झरना लगायतका स्थानलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न आफु प्रतिवद्ध रहने बताईन ।

क्लबको ३३ औं वार्षिकोत्सवको अवसरमा संस्थाले स्थापनाकाल देखि सामाजिक क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गर्दै आफु पनि जनप्रतिनिधीको हैसियतले सॅगै हातेमालो गर्ने बताईन । उनले त्यस क्षेत्र हल सहितको भवनको आवश्यकता रहेको भन्दै आफुले आवश्यक पहल कदमी अगाडी बढाउने समेत उदघोष गरिन ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नं ११ का अध्यक्ष डम्मर श्रीस र गलकोट नगरपालिका कृषि शाखा अधिकृत डि एन दाहालले मन्तव्य राखेका थिए ।
सो अवसरमा आयोजित बृहत कृषि मेला प्रदर्शनीमा अलग विधामा २४ जना कृषकलाई पुरस्कृत गरिएको थियो । मेलामा भुपू खेलाडीहरुको पुरुष भलिबल, नयाँ संरचना अनुसारको वडा स्तरिय पुरुष भलिबल, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, नयाँ संरचना अनुसारको वडा स्तरिय पुरुष तथा महिला रस्साकसी लगायतका विविध कार्यक्रमहरु समेत आयोजना गरिएको छ । वार्षिकोत्सवको अवसरमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरु विष्णु खत्री, बसन्त थापा, जुना श्रीस, दुर्गेश थापा, ईश्वर सिंह, राजन गुरुङ, राम खत्री लगायतको सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

मेलामा स्थानिय नौमति बाजा, विभिन्न महिला समुहहरुको भजनकृतन सहित प्रमुख अतिथिलाई भव्य स्वागत गरिएको थियो । ३३ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेलाको समुदघाटन समारोह घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता, उपाध्यक्ष जीवन साहानीको स्वागत र सदस्य प्रदिप थापा र माधव खडकाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *