प्रवास : युएईमा एकता समाजको संगठन बिस्तार केन्द्र देखि एरिया सम्म !

खिमलाल पाण्डे, युएई २०७४ फागुन १६ । रोजगारिताकालागी युएई पुगेका नेपालीहरु मिलेर स्थापना गरेको प्रगतिशील विचारधारा बोकेको संगठन एकता समाज युएईले आफ्नो सांगठानिक गतिविधिहरु भित्र भित्रै तिब्र रुपमा अगाडी बढाएको छ | जहा विभिन्न क्षेत्रहरुमा कार्यरत नेपाली हरुलाई संगठित गर्दै क्षेत्र हुदै एरिया समिति गठन गर्न सफल भएको छ |

गत शुक्रबार २२- फेब्रुवरी- २०१८ का दिन युएईको दुबई स्थित अलकुजमा युएई नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत अलकुज़ एरिया समिति गठन गरेको छ |जहा संगठनलाई कतार देखि निरन्तर रुपमा माया गर्दै युएई आइपुगेका शुभ चिन्तक चित्र सुनारको बिशेष पहलमा अलकुजमा कार्यरत नेपालीहरुको ब्यापक भेला बोलाएर एरिया समिति गठन गरिएको थियो|

उक्त भेला टेक बहादुर थापाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि अन्तराष्ट्रीय नेपाली एकता समाज का सदस्य र एकता समाज का सल्लाकार कृष्ण के.सी रहेका थिए | जहा बिशेष अथिति युएई एकता समाज निबर्तमान कोशाध्यक्ष लेखनाथ अधिकारीको उपस्थित रहेको थियो भने साथमा युएई स्थित अलकुजमा कार्यरत नेपालीहरुको उपस्थित रहेको थियो |

भेलामा बोल्दै अन्तराष्ट्रीय नेपाली एकता समाज का सदस्य केसीले युएई नेपाली एकता समाज स्थापना गर्नु का मुख्य उद्यशय को बिषय मा प्रस्ट पार्नु भएको थियो|बिभिन्न जिल्ला बासी संगठन लगाएत यहाँ क्रियाशिल संगठन हरु धेरै रहेको र त्यस संगठन भन्दा युएई एकता समाजको छूटै भिजन र मिसन भएकोले युएईमा रहेका आम गरिखाने शोषित पिडित मज़दूर हरु यस संगठन प्रति नजिक रहेको बताएका थिए| साथमा केसी ले थपेआम शोषित पीड़ित मज़दूरहरुकै आबाज उठाउँदै आएको र आगामी दिनहरुमा पनि आम मज़दूरले भोग्दै आएका दुःख पीड़ाको बिषयमा आफ्नो संगठन निरन्तर लागी पर्ने प्रतिबद्दता प्रकट गरेका थिए|

उक्त भेलाले ७ सदस्यीय कार्यसमिति चयन गरेको छ |सो कार्य समितिमा क्रमश अध्यक्ष टेक बहादुर थापा , उपाध्यक्ष रोम थापा , कोषाध्यक्ष नारायण पौडेल , सचिव सेर बहादुर शाही गरि अन्य सदस्यहरु , प्रकाश सुनार, बिष्णु सुनार रहेका छन् |साथमा दुई जना सलाहकार समेत चयन गरेको छ जसमा चित्र सुनार,राम पौडेल रहेका छन् |

भेलाको अन्तमा नब निर्बाचित कार्यसमितिलाई अन्तरराष्ट्रिय एकता समाज का सदस्य कृष्ण केसी , युएई नेपाली एकता समाजका लेखनाथ अधिकारि लगाएत उपस्थित सबैले शुभकामना दिएका थिए |

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *