दिपक प्राविको वार्षिकोत्सा सम्पन्न नगरप्रमुख नेपालीव्दारा रु ५१ हजारको अक्षयकोष स्थापना

खेमराज अर्याल, बुर्तिवाङ २०७४ फागुन १६ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ४ खुंगामा रहेको दिपक प्राथमिक विद्यालयको ४९ औँ वार्षिक उत्सव कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले उद्घाट्न गरेका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि नगरप्रमुख नेपालीले वालवालिकाको भविष्य शिक्षक अभिाभावकमा रहेको बताउदै वालवालिकालाई उचित शिक्षा दिक्षा दिइनुपर्ने बताए । ढोरपाटन नगरपालिकाले नगरसभाबाट शिक्षा नियमावली पारीत गरेकाले सोही नियमावलीको परिधीमा रहेर काम गर्नुपर्ने उनको भनाई थियो । नगरप्रमुख नेपालीले शिक्षाको गुणस्तर वृद्धीका लागी आगामी शैक्षिक सत्रबाट अङ्ग्रेजी माध्यमबाट शिक्षण र कम्प्युटर शिक्षालाई नगरपालिकाले विशेष जोड दिने बताए ।

सोही अवसरमा नगरप्रमुख नेपालीले विद्यालयमा व्याक्तिगत रुपमै ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिने उद्घोष गरेका छन् ।
एक फरक प्रसंगमा वोल्दै नेपालीले त्यस क्षेत्रमा कृषि र पर्यटन विकाशका लागी जोड दिइने बताए । खुंगा छोरेगाँउदेखी देउरालीसम्म बाटोको स्तरोन्नतीका लागी आगामी आर्थिक वर्षमा वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा छोरेगाँउ माध्यमिक विद्यालयका शिक्षक जित बहादुर विश्वकर्मा पुर्व विव्यस अध्यक्ष धन कुमारी घर्ती वडा नम्बर १ का अध्यक्ष चित्र बहादुर भण्डारी लगाएतले मन्तव्य राखेका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक दानु छन्त्यालले विद्यालयको आर्थिक प्रतिवेदन तथा भावि कार्ययोजना प्रस्तुत गरेका थिए ।

हिँजै कक्षा १ देखी ५ सम्मको अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जसमा दिपक प्राविमा गठित नवज्यनेति वाल क्लव प्रथम दिपक प्रावि द्धितिय र प्रकाश माध्यमिक विद्यालय हुन्द्रफेदी तृतिय भएका छन् । आधारभुत तहको नृत्य प्रतियोगितामा ७ समुहको सहभागिता रहेको छ । नृत्य प्रतियोगिताको नतिजा अझै सार्वजनिक भएको छैन ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशरी घर्तीको अध्यक्षता, शिक्षिका तिल कुमारी घिमिरेको स्वागत मन्तव्य र शिक्षक खिमप्रसाद विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *