Menu

ग्लोवल आइएमइको कुस्मीसेरा शाखामा एटिएम सेवा सञ्चालन

सन्ध्या आचार्य, कुस्मीसेरा, २०७४ फागुन १६ । ग्लोवल आइएमइ बैंकको जैमिनी नगरपालिका १ कुस्मीसेरा शाखाले एटिएम सेवा सुचारु गरेको छ ।
बढ्दो प्रबिधी र ग्राहकको चासोलाइ मध्यनजर गरी बैंकले एटिएम सेवाको सुरु गरेको बैंकका शाखा प्रवन्धक प्रकाश शर्माले बताए ।

कुस्मीसेरा शाखामा एटिएम मेसिन नभएकाले खाता भएका ग्राहकहरु कमले मात्रै एटिएम सुबिधा लिने गरेकोमा अब सो संख्यामा बृद्धी हुने आशा गरिएको शर्माको भनाइ छ । शाखामा एटिएम सञ्चालन भएपछि यहाका ग्राहकले बैक बन्द भएपनी आफ्नो पैसा निकाल्न सक्नेछन् ।

एक दिनमा एक ब्यक्तीले एक लाखसम्म निकाल्न पाउने र दिनको ३ पटक कारोबार गर्न सक्नेछन् भने एक पटकमा ३५ हजार सम्म निकाल्न पाउने बैँकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *