आजको तस्वीर : छतमा हेलिकप्टर !

बिमल खड्का, बुर्तिवाङ २०७४ फागुन १५ । सानातिना चोट पटक तथा सामान्य रोगको उपचारका लागि पनि निसी,भूजी र तमान क्षेत्रका जनताहरुलाई महंगो खर्च व्यहोर्नु पर्ने बाध्यता रहेको छ । मेडिकल अधिकृत (डाक्टर) हरुको दरबन्दी सहितको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र तथा निजी हस्पिटलहरु बुर्तिवाङ बजारमा सन्चालित छन तरपनि विश्वसनीयताको कमीले गर्दांं रोगी/विरामीहरु उपचारका लागि महंगो रकम तिरेर हेलिकप्टरमा पाल्पा, काठमाडौ जाने गर्छन् ।

अर्कोतिर बुर्तिवाङ बजार नयाँ शहर योजनामा परेकोले तीब्ररुपमा यसको विकासक्रम बढेको छ । त्यसैत जथाभावी भवनहरु निर्माण गर्दा साँघुरिएको बुर्तिबाङ बजारमा अहिले साना हेलिकप्टर अवतरण गर्ने सार्वजनिक स्थानको अभाव खट्किन थालेपछी हेलिकप्टर अवतरण गर्न हुने भवनहरु निर्माण भएका छन् ।

आजै मात्र एक बच्चाको काँहिली औँला खुकुरीले काटेपछी उपचारका लागि रु २ लाख ५५ हजार तिरेर हेलिकप्टरमा काठमाडौ लगिएको छ । बच्चालाई लिन आएको हेलिकप्टर (जमीनमा स्थानाभाव ?) का कारण घरको छतमा अवतरण गरेको थियो ।

नगरप्रमुख देव कुमार नेपालीको घरको छतमा हेलिकप्टर अवतरण गरेको र बच्चालाई आमाले काखमा लिएको तस्वीर कुशल मगरले अर्को आपत यात्रा काठमाडौँ स्टाटस सहित आफ्नो फेसबुकमा राखेका छन् ।

हेलिकप्टर अवतरण गर्न सक्ने छत बनाएर नगर प्रमुखले नगरवासीलाई थप गुण लगाएका छन, धन्य हो ।!!

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *