Menu

कुस्मीसेरा स्थित शुभेक्षा एफएमव्दारा १५ दिने आधारभूत पत्रकारिता तालिम सुरु

कुस्मीसेरा, बागलुङ, २०७४ फागुन १५ । जैमिनी नगरपालिका १ कुस्मीसेरामा अवस्थित शुभेक्षा एफ एम ९६.६ मेगाहर्जले सञ्चार माध्याममा काम गर्न चाहनेहरुका लागी आधारभूत पत्रकारिता तालिमको आयोजना गरेको छ । शुभेक्षा मिडिया प्रा लि व्दारा सञ्चालित शुभेक्षा एफ एमको आयोजना र एस.पी पब्लिकेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी प्रा.ली काठमाडौको प्राविधिक सहयोगमा मंगलबार देखी तालिमको आयोजना गरिएको होे ।

आधारभुत पत्रकारीता, कार्यक्रम उत्पादन, समाचार संकलन र लेखन साथै एफ एम प्राविधिकको समेत तालिम दिइने रेडियोका स्टेशन म्यानेजर सन्ध्या आचार्यले बताईन् । तालिम सिकेर आफु दक्ष भएपछी रोजगारीकोले आफैलाइ खोज्ने मिडिया इन्जिनियर तथा सञ्चारकर्मी सुजन प्रेमीको भनाइ छ ।

आफुले तालिम सिकाउदा र तालिम सिक्नेले मेहनतले सिकेमा जुनसुकै क्षेत्रमा काम गर्न सकिने उनले बताए । आफुले देशभरका सबै जिल्लाको मिडियाको अवस्था राम्ररी बुझेकाले त्यसै अनुरुप सिकाइने प्रशिक्षणपछी परिणाम राम्रो आउने गरेको प्रेमीको अनुभव छ ।

आफुहरुका लागी दक्ष कर्मचारीको समेत आवश्यक परेकोले तालिमको आयोजना गरिएको र तालिमबाट उत्कृष्ठ हुनेहरुलाइ रेडियोमै अवसर दिइने रेडियोका म्यानेजर आचार्यले बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *