Menu

साताको तस्वीर : बागलुङमा मगर दिवस !

शव्द/चित्र : डम्मर बुढा मगर, बागलुङ २०७४ फागुन १५ । मगर समुदायले प्रत्यक वर्षको फागुन १५ गतेलाई मगरर दिवसको रुपमा मनाउदै आएको छ । आज २०७४ साल फागुन १५ गते पनि बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार लगायत जिल्लका मुख्य बजार केन्द्रहरुमा मगर समुदायले जुलुस सहित नगर बजार परिक्रमा गरी ३६ औँ मगर दिवस मनाई रहेको छ ।

बागलुङ सदरमुकाममा आज विभिन्न संघ संस्थाहरुमा आवद्ध मगर समुदायले मगर दिवस भव्यरुपमा मनाउन विहान देखी नै विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । मगर समुदायका युवा युवती, बिद्यार्थी एवं पाका व्यक्तिहरुको उल्लेख्य सहभागितामा विभिन्न नारा सहितको जुलुसले नगर परिक्रमा गरेको छ । नगरपरिक्रमा गर्दा आफ्नै संस्कृति झल्किने आफ्नै भेषभूषा पहिरिएर खासगरी महिलाहरुको सहभागिता निकै आकर्षक रहेको थियो ।

प्रस्तुत छ, आज २०७४ फागुन १५ गते बागलुङ बजारमा मगर समुदायले पस्केको जलुसका केहि तस्वीरहरु–


यस्तो थियो २०७३ सालको मगर दिवस ।

साताको तस्वीर : मगर दिवस !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *