Menu

राति चिच्च्याएर बर माग्ने धार्मिक स्थल ‘सत्यवती मन्दिर’ : यस्तो छ, इतिहास !

विजय राना,

बागलुङ, २०७४ फागुन १५ । बरेङ गाउपालिका वडा न.३ बाटाकाचौरमा रहेको सत्यवती मन्दिर तीन÷चार सय वर्ष पहिले देखिकै हो भन्ने लाग्छ । लिखित प्रमाण नभए पनि त्यहाँको इतिहासलाई कोट्याउँदा हाम्रा जिजुबाजेहरुले समेत आफुुहरुले जान्दा देखिनै त्यस ठाउँमा पूूजा गर्ने गरिन्थ्यो ।

यसरी रह्यो ‘सत्यवती’
त्यहाँ ४ सय वर्ष पहिला घनाघोर जंगल थियो । त्यहाँ गाई/भैसी चर्थे । र गाई सधै हराइरहन्थ्यो । हराउने गाई कता जान्छ त भनि लुकेर हेर्दा त्यो गाई पानी खान जाँदो रहेछ । त्यो कुवा हेर्दा खेरी धेरै गहिरो रहेछ । त्यहाँ गाइगोरु हेर्नेहरुले गाईभैँसी कुवामा परेर मर्छन भन्ने हेतुले कुवा पुर्नको लागि ढुङ्गामुुढा राखियो । तर आजजसो राखेका ढुंगामुढा भोलिपल्ट जाँदा हुँदैनथ्योरे । ति ढुुङ्गामुढा कता गयो भनेर पानीमा हेर्दा पानी सम्मै छ भन्ने कुरा भयो । त्यस्तो घट्ना धेरै पटक भयो । त्यसपछि त्यहाँ कही न केही सत्यता छ भन्ने लाग्न थाल्यो । त्यस पश्चात त्यहाँ एउटा सानो खरको झुप्रो राख्ने काम भयो भनिन्छ ।

अर्को भनाई के पनि छ भने त्यहाँ सत्यवती नाम गरेकी युवति थिइन्’ खासमा उनीहरु जेठी, माइली, साइली थुप्रै बहिनी थिएरे । ति बहिनीहरु मध्ये कोही पाल्पा, कोही बागलुङको यस ठाउँमा बसे । यस ठाउँमा बसेकी जेठी हुन भन्ने छ । सेताम्मे फुलेकी बुढिले त्यहाँ बढारिराखेको थिए अरे । उनले बढारेको कुरा एउटा गोठालोले देखेपछि तैँले मलार्ई देखिहालिस, देखिसके पछि तँलाई राम्रो खान, लाउन होस । तँलाई राम्रो होस भनेपछि उनी हराएको भन्ने कुरा छ । ति गोठालालाई त्यसो भने पछि गोठालले चाहेको पुगेको भन्ने भनाई जनविश्वसमा रहँदै आएको छ । खासमा ति सत्यवति कान नसुन्ने थिइन भन्ने भनाई छ । कान नसुन्ने भएकै कारण सत्यवति मन्दिरमा ‘ठूलो स्वरमा चिच्याएर वर माग्ने’ चलन छ त्यहाँ ।

‘सत्यवति’ गायव भए पछि त्यहाँ सानो खरको झुपडी बनाउने काम भयो । सानो झुपडि भएपछि त्यसैलाई ‘सत्यवति’मान्न थालियो । त्यहाँ अहिले पनि कुवाको पानी एकमन्छे जति गहिरो छ र त्यो पानी जति फाले पनि घट्दैन जति थ्यो त्यति नै हुन्छ । अहिले पनि त्यहाँका बुढापाकाले यहाँ केही न केही रहस्य छ भनेर पुज्ने गर्दछन् । तर खासमा कति साल देखि पुज्न थालियो भन्ने केही पनि एकिन छैन ।

ठूलो स्वरमा चिच्याएर बर मागिन्छ
यसको बारेमा परम्परागत रुपमा सुनाउँदै आइयो । एक पुस्ता देखि अर्को पुस्ता सम्म भनाइकै आधारमा स¥यो, विश्वास हुँदै गयो । अहिले सम्म त्यही परम्परा अनुसार ठूलो स्वरमा चिच्याएर बर माग्ने प्रचलन रहेको छ । चिच्याएर बर मागे पछि धेरैलाई पुग्ने गरेको विश्वास पनि रहँदै आएको छ ।
अहिले म आफु पनि ४०/४५ वर्षको भएं । अहिले सम्म मैले त्यही परम्परा सुुन्दै र सिक्दै आएको छु । बच्चा देखिनै हामीले त्यही कुरा सुन्यौँ । अहिले पनि त्यही छ ।

देशका विभिन्न ठाउँबाट पूजा गर्न आउँछन्
ठूलो स्वरले चिच्याएर बर मागे पुग्छ भन्ने आम मानिसमा विश्वास रहेको छ । त्यस कारण पनि देशका विभिन्न ठाउँबाट बर माग्न आउनेहरुको घुइचो लाग्छ । देशका उत्तर–दक्षिण, पूर्व पश्चिमका मान्छेहरु त्यहाँ पूजा गर्न आउँछन् । पूजा गरि बोकाको बलि पनि दिने गरिन्छ । पछिल्लो समयमा यसको बारेमा व्यापक प्रचार भइरहेको छ । वर्षको एकपटक मंसिर÷पुस महिनामा त्यहाँ मेला लाग्ने गर्दछ । खास गरि पूर्णिमामा मेला लाग्छ । त्यतिबेला त्यहाँ सय भन्दा बढि बलि चढाइन्छ । २/३ हजार भन्दा बढि परेवा उडाइन्छ । त्यसरी भव्य रुपमा पूजा गर्ने प्रचलन छ ।

मन्दिर व्यवस्थित गरिदै
अहिले त्यस ठाउँको मन्दिरको महत्व झनै बढ्दै गएको छ । त्यसको संरक्षणको लागि आवाजहरु उठ्न थालेका छन् । केही वर्ष पहिले सम्म आर्थिक अभावले गर्दा व्यवस्थित गर्न नसकिएको त्यस ठाउँ विस्तारै व्यवस्थित गरिदैछ । प्रत्येक पूर्णिमाको अघिल्लो दिन सरसफाई गरेर धुमधाम बाजासँग तोरन तार्ने काम हुन्छ । त्यो दिन रातभरि बाहुन सहित बासु बस्छन् । बिहानै देखि पूजा–आजा गरिन्छ । प्रत्येक पूर्णिमामा १०÷१५ वटा बली चढाइरहेको हुन्छन् ।
त्यहाँ कुण्डली पनि छ । बर माग्न आउने करिब ९५ प्रतिशत मान्छेलाई बर मागेपछि पुग्छ भन्ने विश्वास छ । खासमा पूर्र्णिमाको राति १ बजे देखि नै घुइचो लाग्छ । रातभरी मान्छे जाग्राम बसेर नै ठूलो स्वरमा चिच्याएर बर मागिन्छ ।

कस्तो बर मागिन्छ ?
खास गरि यहाँ विभिन्न थरिका बर माग्नेहरु आउँछन् । सन्तान नभएकाहरु ‘सन्तान पाम’ भन्छन्, विदेश जान खोजेका ‘वैदेशिक यात्रा सफल होस’ भन्ने चाहान्छन्, हरेक दुःख पीडामा परेका मान्छेहरु आउँछन् र आफुले चाहेको पूरा होस भन्दै कामना गर्छन्, चिच्याएर बर माग्छन् । पूर्णिमामा मात्रै होइन अन्य दिन पनि पूजा गर्न आउनेहरुको भिड हुन्छ ।

दशौँ हजार मान्छेले बर माग्छन् ।
खास गरि अन्य सामान्य समयमा भन्दा वर्षमा एक पटक कार्तिक पूर्णिमामा धुमधामका साथ पूजा आज गरिन्छ । त्यस दिन १०÷१५ हजार मान्छेहरु पूजा गर्न÷मेला हेर्न आउँछन् । काठमाण्डौ, पश्चिम धनकुटा, नेपालगञ्ज, गैडाकोट र यहि नेराघेराका मान्छेहरु आउँछन् । पूजा गरे बापत केही शुल्क लिने काम पनि गरिन्छ । बलि चढाएको सय÷पचास लिने प्रचलन छ ।

थप व्यवस्थापनको लागि गाउँ पालिकाको सहयोग अहिले मन्दिरको थप व्यवस्थापनको लागि बरेङ गाउँ पालिकाले पनि सहयोग गरेको छ । गाउपालिकाले ४/५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । खास गरि गाउँ पालिकाले पनि त्यस क्षेत्रलाई ‘धार्मिक पर्यटकीय स्थल’ को रुपमा विकास गर्न चाहेको हामीले महशुस गरेका छौँ । त्यो सम्भावना पनि छ । यसले अन्ततः गाउँ पालिकालाई नै मद्धत पु¥याउँछ । गाउँ पालिकाको आर्थिक सहयोगका बावजुद पनि बजेटको अभावनै देखिन्छ । अहिले सम्म उठेको चन्दा पनि त्यहीँ लगानी भएका छन् । किनभने ठाउँ अलि ठूलो चट्टान छ । विदेशबाट पनि सहयोग आइरहेको छ । यसलाई थप व्यवस्थित र आकर्षक बनाउनको लागि जिल्ला, केन्द्रले पनि सहयोग गर्न जरुरी छ । पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि सहयोग आवश्यक छ ।

यातायातमा पहुँच
अहिले मेला लाग्ने ठाउँ सम्म मोटरबाटो पुगेको छ । त्यस कारण पनि पूजा गर्न आउनेहरुलाई धेरै सहज भएको छ । अँझ बाटो फराकिलो बनाउनु आवश्यक छ । धेरैको चाहना पनि फराकिलो बाटो बनाउने छ । सञ्चार माध्यमले पनि त्यस ठाउँको प्रचारप्रसार गरेर सहयोग गर्न जरुरी छ । अहिलेको युग सञ्चारको युग पनि हो । अँझ धेरै मानिसको सहभागिताको लागि सञ्चार अनिवार्य आवश्यकता छ । यसरी सञ्चार, गाउँ पालिका, जिल्ला, केन्द्र र स्थानीय नागरिक बिचको समन्वयमा काम गरियो भने ‘धार्मिक पर्यटकीय ठाउँको रुपमा विकास गर्न लामो समय लाग्दैन । सम्बन्धित सरोकारवालाले ध्यान पु-याउन जरुरी छ ।

(स्थानीय तीर्थराज पुन संग गरिएको कुराकानीको आधारमा तयार पारिएको सामाग्री)

लेखक, पत्रकार हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *