Menu

नेपाल माबि ताराको वार्षिकोत्सवको समापन आज, भलिबल प्रतियोगिताको फाईनल आजै !

पूर्ण भद्र निउरे ताराखोला २०७४ फागुन १५ । फागुन १२ गतेदेखि संचालित नेपाल मा बि ताराको ४९ औँ बार्षिकोत्सव समारोहको आज समापन गरिदै छ । प्रदेश सभा सदस्य दिल कुमारी रोका गौतमको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव मुल समारोह सम्पन्न हुने बिद्यालय का प्र अ थम प्रसाद रोकाले ईबागलुङलाई जानकारी दिए।

४९ औ बार्षिकोत्सवको हिँजो तेस्रो दिन विभिन्न कार्यक्रम हरु सम्पन्न भएका छ्न । हिँजो सम्पन्न गाउँपालिका भित्रको अन्तर प्रा बि स्तरीय पदम चन्द्र स्मृति हाजिरी जवाफ प्रतियोगितामा सहभागी १६ बिद्यालय मध्य दुर्गा भवानी मा बि तारा प्रथम,युवा बर्ष प्रा बि तारा व्दितिय, नेपाल माबि तृतीय भएका छन् यसैगरी हिँजो भएको १० समुह सहभागी आधारभुत तहको छात्र भलिबलमा नेपाल मा बि तारा र दुर्गा भवानी मा बि तारा फाइनलमा प्रबेश गरेका छ्न ।

अबसरमा बिद्यालयले बिद्यालय आन्तरिक कार्यक्रम अन्तरगत चक्लेट टिपाइ ,बेलुन फाइट, पिठोमा पैसा टिप्ने, टिकी टास्ने तथा सदनात्मक छात्रा तथा छात्र भलिबल सम्पन्न भैसकेको बिद्या लयले जनाएको छ ।

बार्षिकोत्सवको आज अन्तिम दिन आज आधारभुत तहको छात्र भलिबल फाइनल, मैत्रीपुर्ण शिक्षक तथा अभिभावक भलिबलको सम्पन्न हुने विद्यालयले जनाएको छ ।

सोमवारको कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर खत्रीको अध्यक्षता , शिक्षक लोकनाथ सुवेदीको स्वागत र शिक्षक बिबेक परियारको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *