Menu

अर्नाकोट आधारभूत विद्यालयका प्रअ कुँवरलाई विदाई, बिद्यालयलाई दिए ५० हजार सहयोग !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ फागुन १४ । निसीखोला गाउँपालिका—२, अर्नाकोटमा रहेको अर्नाकोट आधारभूत विद्यालका प्रध्यानाध्यापक झमबहादुर कुँवरलाई आज विदाई गरिएको छ । स्वेच्छिक अवकास लिएको कुँवरलाई आज विद्यालयले एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको हो ।
कुँवर वि.सं. २०४० देखि हालसम्म प्रध्यानाध्यापक पदमा रहेर जिम्मेबारी सम्हालृका प्रअ कुँवरले करिब ३ दशकभन्दा बढीको आफ्नो शिक्षण पेसामा शैक्षिक विकासको लागि आफुले सक्दो प्रयास गरेको बताए । उनले शैक्षिक अवकास पछि पनि विद्यलयभन्दा बाहिर रहेर असल अभिभावकको रुपमा विद्यालयको उन्नती र प्रगतिको लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त जाहेर गरे ।

बिदाई समारोहमा उनले विद्यालयको आर्थिक विकासको लागि नगद रु ५० हजार चन्दा रकम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यस्तै, कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै निसीखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कुबिर बिकले विदाई भएर जाने व्यक्तित्व कुँवरले गुणस्तरीय शिक्षाको लागि पु¥याएको योगदानको बारेमा चर्चा गर्दै लामो समयसम्म शैक्षिक विकासको लागि पु¥याएको योगदानबाट अन्यले पनि शिक्षाको महत्वको पाठ सिक्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रमको अवसरमा विदाई भएर जाने व्यक्तित्व कुँवरलाई मायाँको चिनो, दोसल्ला र फुलमाला सहित सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रमको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थी, आमा समूह तथा मारुनी समूहले आफ्नो प्रस्तुति दिएका थिए ।

त्यसैगरी, कार्यक्रमकै अवसरमा आज विद्यालयका नयाँ प्रध्यानाध्यापकलाई पनि स्वागत गरिएको छ । विद्यालमा अध्यापनरत शिक्षक बेगबहादुर कुँवरलाई नयाँ प्रध्यानाध्याकको रुपमा नियुक्ति गरेसँगै आज स्वागत गरिएको हो ।

नवनियुक्त प्रध्यानाध्यायक बेगबहादुर कँुवरले आफ्ना अग्रज गुरु तथा विद्यालयका प्रध्यानाध्यापक झमबहादुर कुँवरबाट सिकेका विद्यालय सञ्चालन सम्बन्धी ज्ञानको प्रयोग गरी विद्यालयलाई उत्कृष्ट बनाउन प्रयासरत रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा निसीखोला गाउँपालिकाका सचिव विराज विक, छिमेकी विद्यालयहरु जनहित प्रावि काल्नेचौरका प्रध्यानाध्यापक निलकुमारी खत्री, ढोरपाटन नगरपालिका—२ खलबाङमा रहेको अर्नाकोट आधारभूत विद्यालयका प्रध्यानाध्यापक धनबहादुर महत लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लालबहादुर कुँवरको अध्यक्षता, शिक्षक ज्ञानबहादुर महतको स्वागत मन्तव्य र शिक्षिका भाविका विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *