तत्कालीन माओबादी बिरुद्ध खनिएका शक्तिसंग मिलेर कुठाराघात गर्नेलाई ठेगान लगाउछौँ-बिप्लव

कोपिला कंडेल, बागलुङ २०७४ फागुन १४ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बागलुलेङ आज एक समारोहका बिच शहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । पार्टीले बिगतको १० बर्षे जनयुद्धमा ज्यान गुमाएका तथा बेपत्ता पारिएका नागरिकको स्मरण गर्दै यस क्षेत्रका शहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरेको हो ।

सम्मानित हुनेमा शहिद डिल्ली प्रसाद साप्कोटाकी पत्नी सरस्वती साप्कोटा, मिरा घमालका बुवा नर बहादुर घमाल सुर्य नेपालीकी आमा मन कुमारी नेपाली, दिपक बिककी आमा हरीकला बिक, सचिन बिककी आमा उजेली बिक त्यसैगरी बेपत्ता परिवारबाट सुर्य प्रसाद शर्माकी पत्नी जशोदा शर्मा र सुरेश बिककी आमा मैना बिक रहेका छन ।

शहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एबं धौलागिरी ब्युरो ईन्चार्ज बिप्लवले जनयुद्धको सपना अधुरो रहेकाले शहिद तथा बेपत्ता परिवारको सम्मान हुन नसकेकोे बताए । हिजोको सघर्ष र बलिदानले अपुरो छाडेको क्रान्तिलाई पुरा गर्नका लागि आफुहरु लागि परेको भन्दै कम्युनिष्ट पार्टीका नेता बिप्लवले आवश्यक परे आफुहरुले जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताए । जनताको अभुतपुर्ब बलिदानीबाट सत्तामा पुगेका प्रचण्ड र बाबुराम समेत जनयुद्धको मर्म र भावनालाई कुल्चेर निजी स्वार्थ पुरा गर्न तत्पर भएको आरोप लगाए । उनले भने जनयुद्ध र तत्कालीन माओबादी बिरुद्ध खनिएका राजनीतिक शक्ति संग साँठगाँठ गरेर जनचाहनामाथि कुठाराघात गर्नेलाई हामी ठेगान लगाउछौ ।

सो अवसरमा बोल्ने शहिद तथा बेपत्ता परिवारले बिगतको सशस्त्र युद्धमा आफुहरुले संरक्षण गरेका नेताले अहिले फर्केर नहेरेको आरोप लगाए । तत्कालीन माओबादीको टुटफुट र बिभाजनले जनयुद्धको लक्ष र उदेश्य प्राप्त गर्न नसकिएको भन्दै उनिहरुले शहिद तथा बेपत्ता परिवार सबैको साझा बन्नुपर्नेमा जोड दिए । उनिहरुले सहिद तथा बेपत्ताको बर्गिकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा बेपत्ता परिवार समाजका जिल्ला अध्यक्ष जशोदा शर्मा, शहिद परिवारका नर बहादुर घमाल, सरस्वती साप्कोटा र पत्रकार कोपिला कंडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी बागलुङका ईन्चार्ज बिकिरणले आफुहरुको शान्तिपुर्ण आन्दोलन माथि सरकारले दमन गरीरहे आफुहरुले हतियार उठाउन पनि पछि नपर्ने बताए । उनले बिगतको महान जनयुद्ध र जनआन्दोलनका उपलब्धीलाई नेतृत्वले एमालेमा बिलय गराउन लागेको भन्दै जनताको जनजिवीकाको पक्षमा आफुहरुले निरन्तर आवाज उठाउने बताए ।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी बागलुङका ईन्चार्ज बिकिरणको अध्यक्षता, सदस्य गोबिन्द कार्कीको स्वागत मन्तब्य र नेपाल कम्युनिष्ट पार्टीका जनपरिषद प्रमुख बाबुलाल शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *