Menu

भुजीखोलामा सय मिटरको अन्तरमा दुई ट्रयाक्टर दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु !

डम्मर बुुढा मगर, बागलुङ २०७४ फागुन १४ । गए राति बुर्तिवाङ ढोरपाटन सडक खण्डमा सय मिटरको फरकमा दुई ट्रयाक्टर दुर्घटना ग्रस्त भएका छन् । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक हाफ फालेर ज्यान बचाएको श्रोतले बतायो ।

बुर्तिबाङ–ढोरपाटन सडक खण्डको ढोरपाटन नगरपालिका २ सोरखोलामा गए राती ११ बजे लु ३ त २८१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सहचालक प्यूठान झिमरुक गाउँपालिका–६ का २४ वर्षिय शेरमान पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर सडकदेखि ८० मिटर तल भुजी खोलामा खसेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण राना मगरले जानकारी दिँदै गए राती ११ बजे दुर्घटनाको खबर पाए लगत्तै आफुहरु घटना स्थालमा पुगेकोे बताए ।

दुर्घटनामा मृतकको शव अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्ट मार्टमको लागि राखिएको प्रहरी प्रमुख रानाले बताए । मृतकका परिवारलाई खबर गरेको र उनीहरु आउनसम्म स्वास्थ्य केन्द्रमै राखिने प्रहरीले जनाएको छ ।

रातको समय बाटो साँघुरो भएको कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएके छ, चालकलाई नियन्त्रणमा लिईएको प्रनि रानाले बताए ।

त्यस्तै गए राती १२ बजे सोहि घटनास्थलको सय मिटर माथी लु १ त ८०८१ नम्बरको ट्रयाक्टर सडकदेखि १ सय मिटर तल भूजीखोलामा खसेको प्रहरी प्रमुख रानाले बताए । ट्रयाक्टर अधिकारीचौरको प्याङखोलादेखि बुर्तिबाङ तर्फ आउने क्रममा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मानवीय क्षती नभएको बताईएको छ । दुर्घटना के कारणले भएको भन्ने बारे अनुसन्धान भै रहेको प्रनि रानाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *