Menu

दर्लिङ माध्यमिक विद्यालयको ५५ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न !

खेमराज अर्याल, बुर्तिबाङ २०७४ फागुन १४ । बडीगाड गाँउपालिकाको वडा नम्बर १० दर्लिङमा रहेको दर्लिङ माध्यमिक विद्यालयको ५५ औँ वार्षिक उत्सव कार्यक्रम आईतवार सम्पन्न भएको छ । कार्यक्रमको बडीगाड गाँउपििलकाका अध्यक्ष मेहरसिंह पाइजा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा वहादुर बुढाले संयुक्त रुपमा उद्घाट्न गरेका थिए ।

उद्घाट्न पछि वोल्दै प्रमुख अतिथि पाइजाले चालु आर्थिक वर्षमा सडक विस्तारका लागी वढी वजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तर वृद्धी तथा विद्यालयको भौतिक अवस्था सुधारका लागी प्राथमिकताका साथ वजेट विनियोजन गरिने बताए ।

वार्षिक उत्सवका अवसरमा विद्यालयले आज चन्दादाता जग्गादाता सम्मान कार्यक्रम पनि गरेको छ । विद्यालयका प्रधानाध्यापक खुद बहादुर गुरुङले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा बडीगाड गाँउपालिका वडा नम्बर ५ निवासी गुणानिधी घिमिरेले विद्यालयका १ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेका थिए । विद्यालयमा अध्यनरत विद्यार्थी खिमसरी बुढालाई नगद रु २ हजार प्रदान गरिएको थियो ।

यस्तै वार्षिक उत्सवका अवसरमा विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । कक्षा १ देखी ३ सम्मको तातो आलु प्रतियोगितामा प्रेम विक प्रथम सुरेन्द्र बुढा द्धितिय भएका छन् भने कक्षा ४ र ५ को कुर्चीदोड प्रतियागितामा सुरज विक प्रथम रेसु विक द्धितिय भएका छन् । कक्षा ६ देखी ८ सम्मको हाजिरीजवाफ प्रतियोगितामा प्रसान्त बुढाको समुह प्रथम र हिमाली छन्त्यालको समुह द्धितिय भएको छ । कक्षा ९ र कक्षा १० को लोकगित प्रतियिोगितामा सुसिला परियार प्रथम र लिविया परियार द्धितिय भएको विद्यालयले जनाएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा वहादुर बुढाको अध्यक्षता सहायक प्रधानाध्यापक कुल बहादुर बुढाको स्वागत मन्तव्य र शिक्षक नविन छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *