Menu

आजको तस्वीर : प्राकृतिमय आनन्दको क्षण !

बागलुङ २०७४ फागुन १३ । बागलुङ जिल्ला प्राकृतिक सौन्दर्यको खानी भने फरक पर्दैन । तर प्रकृतिमय हुँदाहुँदै पनि जिल्लाका धेरै मनोरम स्थलहरु प्रचार प्रसारको अभाव र सरोकारवालाहरुको नजरमा नपर्दा त्यत्तिकै ओझेलमा परेका छन् ।

बागलुङ जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकाको ढोरपाटन उपत्यकाको मनोरम दृश्यहरुको स्वाद लिन युवा युवतीहरुको झुण्डका झुण्ड पुगिरहेका हुन्छन् । सरकारी कामकाजमा प्रशासक, कर्मचारीहरुलाई पनि पुग्नु पर्ने हुन्छ ।

ढोरपाटन गन्तव्य बनाएर यात्रा गर्नेहरुलाई बीच बाटोमा पनि मनैहर्ने लोभ लाग्दा दृश्यहरु छन् भन्ने हेक्का नहुन सक्छ । बुर्तिवाङ बजार देखी ढोरपाटन यात्रामा बोवाङको जंगलमा रहेको धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको रुद्रताल र त्यसआसका रुखहरुमा बनेका विभिन्न आकृतिका दुला, खोपिल्टा र धोन्द्राहरुको उपयोग पनि अल्हादित हुन्छ भन्ने सन्देश यहाँ प्रस्तुत ‘आजको तस्वीर’ले दिईरहेको छ । बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाको यस तस्वीरलाई अर्जुन ढकालले आफनो फेसबुक वालमा शेयर गरेर यसको पुष्टी गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *