प्रवास : बागलुङ सेवा समाज युएईको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा रत्न बिक निर्बिरोध !

खिमलाल पाण्डे, युएई २०७४ फागुन १३ (२५ फेब्रुवरी २०१८) । बागलुङ सेवा समाज युएईको चौथो अधिबेशन गत शुक्रबार बरदुबई स्थित एस्मिन होटेलको सभाहलमा सम्पन्न भएको छ, जहा रत्न बिकको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।

उक्त अधिबेशनमा युएईमा कार्यरत बागलुंगेहरुको भरपुर उपस्थिति देखिएको थियो ्रउक्त अधिबेशनको संचालन संस्थाका महासचिब खिमलाल पाण्डेको रहेको थियो भने अध्यक्षता संस्थाका कार्यबाहक अध्यक्ष बाबुराम गौतमको रहेको थियो ्रउक्त अधिबेशनमा प्रमुख अतिथिको रुपमा युएईमा संस्था स्थापना गरि आज सम्म निरन्तर अबिभाबकको रुपमा आफ्नो अग्रणी भूमिका निर्बाह गरिरहेका संस्थाका संरक्षक गोपाल कंडेलको रहेको थियो ।

त्यस्तै बिशेष अतिथिहरुमा संस्थाका बरिष्ठ सल्लाहकार कृष्ण केसी र चित्र केसीको उपस्थिति रहेको थियो ्रअन्य अतिथिहरुमा क्रमश संस्थाका सल्लाहकारहरु याम पुन , रत्न बिक , पूर्ण सापकोटा, संस्थाका उपाध्यक्ष तारा मल्ल , भुतपुर्ब महासचिब केदार सिंह नेपाली , लुम्बिनी वयलफेयर सोसाईटी महिला विभागकी सरस्वती पौड्याल, साथमा संस्थाका क्षेत्रिय् पदाधिकारीहरु रश अल खेमाह क्षेत्रिय समितिका अध्यक्ष काशिराम शर्मा , अबुधाबी क्षेत्रिय समितिका अध्यक्ष केदार लम्साल, दुबई क्षेत्रिय समितिका निबर्तमान अध्यक्ष लाल बहादुर क्षेत्रि, सारझाह क्षेत्रिय समितिका अध्यक्ष सुनिल थापा लगायत युएईमा कार्यरत समाज सेवी , बुद्दिजिबी, तथा पत्रकारहरुको समेत उपस्थिति देखिएको थियो्रकार्यक्रम दुई चरणमा गरिएको थियो पहिलो औपचारिक अनि दोश्रो बन्दसत्र ।

उक्त अधिबेशनमा संस्थाको औपचारिक कार्यक्रममा संचालन लगत्तै उपस्थित सबैलाई लक्ष्मी पौड्यालले स्वागत मन्त्यब्य मार्फत स्वागत गरेकी थिइन् ्रस्वागत मन्तब्य पछी मैन बत्ती बालेर उक्त अधिबेशनको उत्घाटन गरिएको थियो साथमा रास्ट्रिय गान बजाउदै साथमा उपस्थित सबैले चर्को स्वरमा गाएका पनि थिए ।

संस्थाको सांगठानिक प्रतिबेदन संस्थाका महासचिब खिमलाल पाण्डेले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन संस्थाका कोशाध्यक्ष कलाधर सापकोटाले प्रस्तुत गरेका थिए उक्त प्रतिबेदन हालले पास गरेको थियो ।

बागलुंगेहरुलाई एकजुट बनाउने उदेश्य संस्थाको रहेको आज सम्म हामी त्यसैमा लागिपरेको भन्दै संस्थाका सल्लाकार यम पुनले आफ्नो मन्तब्य राखेका थिए । साथमा पुनले थपे, बाहिरबाट संस्थामा राजनीतिक हुदै छ भन्ने कुरा सुनिएको छ तर हामी संस्थामा कुनै पनि राजनीति गरेका छैनौ कहिल्ल्यै पनि गर्दैनौ ्त्यो कुरा गलत हो संस्था बिशुद्ध छ बिशुद्ध रहने छ अनि राजनीति भयो भन्नेहरुले राज्यको नीति भन्ने के हो भन्ने कुरा अध्ययन गर्न जरुरि छ ।

त्यस्तै संस्थाका बरिष्ठ सल्लाहकार चित्र केसीले भने ‘हामीले २/४ जना मिलेर संस्था स्थापना गरेका थियौ ,यसलाई निरन्तरता दियौ,अहिलेको चौथो अधिबेशन गरि नया कार्य समिती तयार गर्न पाउदा आफैलाई भाग्यमानि ठान्दछु ्म जन्म गाउ छोडेर रुपन्देहीमा बसाइसराई गरेता पनि मैले मेरो आफु जन्मेको जन्म थलो बागलुङमा जस्ताको तस्तै छ ्एक पटक हरेक छुट्टीमा म पुगेकै हुन्छु किनकि मलाई मेरो जन्म थलोको माया छ बागलुङको माया छ ्रम बागलुंगे हुनुमा गर्व गर्दछु उनले भने ।

कार्यक्रमको बिचमै संस्थाका अर्का बरिष्ठ सल्लाहकार कृष्ण केसीले भने ‘संस्थालाई अगाडी बढाउन र संस्थाको उन्नति चाहने हो भने संस्था भित्र अबसरबादी चरित्र हुनु हुदैन, हामी जुन सुकै राजनैतिक आश्था राखेता पनि आखिर बागलुंगे हौ सके सम्म हामीमा प्रगतिशील बिचार हुनु पर्छ यदि संस्थामा अबसरबादी चरित्रका कुनैपनि ब्यक्तिको प्रवेश भयो भने संस्थाको प्रगति हुन सक्दैन, सबै मिलेर हातमा हात साथमा साथ मिलाएर अगाडी बढ्न जरुरी छ । ’

अधिबेशनमा बोल्दै संस्थाका संरक्षक गोपाल कंडेलले भने, ‘आज म अत्यन्त्यै खुशी छु, आज सम्म संस्थालाई यहा सम्म भ्याई नभ्याई आफ्नो समय दिएर चौथो अधिबेशन गर्न सम्म पुर्याउने सम्पूर्ण बागलुंगेहरुलाई हार्दिक धन्यबाद सहित खुशी प्रकट गर्दछु, हामीले युएईको बरदुबई स्थित अहिलेको मेट्रो पार्क भनेर चिनिन्छ उति बेला गोल्डेन सिनेमा अगाडी भनेर चिनिने गरिन्थ्यो त्यहि ठाउमा एउटा हजुरको रुख मुनि बसेर मान बहादुर थापा, चित्र केसी, कृष्ण केसी लगाएतका साथीहरु मिलेर स्थापना गरेको संस्था हो, बागलुङ सेवा समाज युएई ्रहामीले संस्थालाई निरन्तरता दिनु पर्छ अझै अगाडी लैजानु पर्छ संस्थालाई आबश्यक पर्ने जस्तो सुकै आर्थिक , भौतिक , नैतिक सहयोग गर्न म तयार छु ।’

औपचारिक कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष बाबुराम गौतमले आफ्ना भनाई राख्दै, आजको यो विषम परिस्थितिमा सस्थालाई हिजोको जस्तो कार्यशैलीले परिचालन गर्दा केही समस्याहरु हुन सक्ने कुराको बिशेष नजरअन्दाज गर्दै सस्थाको परिपाटी सन्चालन प्रकृया र बिशेशतस् गोपनियताको अबश्य ख्याल राख्नु पर्ने देखिन्छ । हाम्रा बार्षिक मासिक वा अन्य कार्यक्रम सभा सम्मेलन बैठक आदि गर्दा वा बस्दा चनाखो र बाहिरी आबरन यहाको कानुन सम्मत हुने गरि गर्नु जरुरी हुन्छ, अर्को कुरा सस्थाको सस्थागत बिस्तार लाई भन्दा सदस्यता वितरणमाबढी ध्यान दिनु पर्ने र केन्द्रिय समितिको मातहत मात्र सस्थाका गतिबिधी गर्ने जिम्मेवार पाको र बुझेको ब्याक्तिले मात्र सदस्यता चन्दा प्याड आदीको परिचालन गर्दा उपयुक्त हुन्छ्र’’जस्ता भनाई राख्दै समापन गरे पछी दोश्रो चरणको कार्यक्रम बन्द सत्र सुरु भएको थियो । उक्त बन्द सत्रको कार्यक्रम संचालन निर्बाचन समितिका संयोजकलाई जिम्मा दिइएको थियो ्रनिर्बाचन समितिले निर्बिरोध रुपमा नया कार्यसमितिको नामावली प्रस्तुत गरेको थियो ।

निर्बाचन समितिले प्रस्तुत गरेको नया कार्य समितिको प्यानललाई उपस्थित बागलुंगेहरुको मासले पारित गरेको थियो ।

बागलुङ सेवा समाज युएई केन्द्रीय समितिको नया कार्य समिती यसप्रकार रहेको छ,

१स्( अध्यक्ष रत्न बिक

२स्( बरिष्ठ उपाध्यक्ष चुडामणि शर्मा

३स्( उपाध्यक्ष रमेश पौड्याल

४स्( उपाध्यक्ष हेमराज शर्मा

५स्( महा सचिब लाल बहादुर क्षेत्रि

६स्( सचिब महेश पौड्याल

७स्( कोशाध्यक्ष शिब पाठक

८स्( कुश्मा खरेल

९स्( सदस्य गुरु प्रसाद ज्ञावाली

१०स्( सदस्य अर्चना सुबेदी

११स्( सदस्य राज थापा

१२स्( सदस्य सुनिल थापा

१३स्( आकाश सुबेदी

उक्त अधिबेशनबाट गठित नाबा कार्यसमितीले आगामिकार्यक्रम निकै पारदर्शी र सामाजिक जनचेतनामुलक ल्याउने कुरामा ढुक्क रहेको उपस्थित सबैले बताएका थिए्र

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *