नि:शुल्क पशु शिविर ताराखोला-५ तारामा सम्पन्न

पूर्णभद्र निउरे, ताराखोला, २०७४ फागुन १२ ।ताराखोला गाउँपालिका को पशु साखा को आयोजना मा संचालित ५ दिने निशुल्क पशु स्वास्थ शिबिर को आज चौथो दिन वडा न ४ मा शिबिर सम्पन्न भएको छ । वडा न ४को तारा गाउँमा आज सम्पन्न पशु स्वास्थ शिबिर मा ८० घर परिवार ले सेवा लिएका छन् भने साना र ठुला गरि ९३०पशु तथा पंक्षि को स्वास्थ परिक्षण गरिएको शिबिर का संयोजक तथा ताराखोला गाउँपालिका का पशु शाखा प्रमुख पुष्पराज अधिकारी ले जानकारी दिए ।

प्रत्येक वडा मा १र१ दिन संचालन हुने शिबिर मा पशु को गर्भ परिक्षण,गोबर तथा पिसाब परिक्षण, बाजोपन साथै सन्क्रामक रोगहरुको परिक्षण तथा उपचार , पशुपंक्षि हरुमा देखिने लेउ जुका लुतो जुम्रा उमिया किर्ना लगायत का औषधि निशुल्क बितरण संगै प्राविधिक सर सल्लाह दिइने शिबिर संयोजक अधिकारी को भनाइ छ ।

शिबिरको ताराखोला गाउपालिका का पशु शाखा प्रमुख अधिकारी, जिल्ला पशु कार्यालय बाग्लुङ का पशु स्वास्थ प्राबिधिक केशवराज शर्मा पौडेल ,पशु बिकास अधिकृत निलकण्ठ शर्मा, गल्कोट नगरपालिका का पशु स्वास्थ प्राबिधिक चिन्तामणी शर्मा र पशु प्राबिधिक रमा अर्याल र दुर्गा बहादुर श्रीसले सहजीकरण तथा प्राबिधिक सेबा प्रदान गरेक ाथि थिए । ५ दिन सम्म संचालित हपशु स्वास्थ शिबिरको भोलि अन्तिम दिन वडा न ५ मा संचालन हुने जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *