Menu

‘म’ भित्रको ‘म’

राम सुवेदी

मेरो देश ! मेरो देशमा मैलै डो¥याइरहेको संस्कृति । मेरा पूर्वजले मलाई थमाइदिएको विडो अनी त्यही विडो अवतरण गर्दै स्वर्ग देख्ने अमूर्त चाहनामा दौडने ‘म’ । ‘म’ आफूले गरेको काम खुब मज्जाले राम्रो देखें । मेरो कामलाई राम्रो देख्न ‘म’ अरुलाई जवरजस्त बल गराएर लागें । कसैले स्वीकार गरे कसैले स्वीकारेनन् । जस्ले स्वीकार गरे उनलाईमात्र मेरो आफन्त, साथी, मित्र, दाजुभाई दिदीबहिनी आफन्त संझें । जस्ले मेरा काममा प्रश्न गरे उनीहरुलाई पराई र विरानो संझें ।

दुनियाका मान्छे जस्ले मलाई मेरो स्वार्थसम्म सँगै हिडन मानेनन् । मलाई जागिर दिलाइएनन् । मलाई पैसा कमाउने थलोमासँगै लगेनन् । मोजमस्ति गर्ने ठाउँमा हिडाएनन् । मेरो मान मर्दन गरिदिएनन् । ठूलो मान्छे बनाएर पुकारेनन् । उनीहरुलाई पैतलाको धूलोसम्म पनि संझिन । ‘म’ जहाँ छु । त्यहाँ पाएको साथ समर्थन मेरालागि भिन्नै दुनियाँ ठाने । मेरो देश जहाँ हुनेखानेहरु आफुबाहेक अरु सबैलाई बौलाह संझन्छन् । त्यही संस्कार भिरेको फिरन्ते ‘म’ ! आफू मात्र सही अरु सबैलाई गलत देख्ने किन पछि परम ! मैले मेरो जिउमा भैसी हिडेको देखिन अरुको आङ कन्याएर दौडिएँ । एक मित्रले लेखेको लेख पढेको थिएँ । हामी नेपाली आफू बाँचुन्जेल लक्ष्मीप्रसाद¸ शिद्धिचरण, भैरव अर्याल, भूपि शेरचन, पारिजात, हरिभक्त कटुवाल लगायतका मान्छेबाट केही सिक्दै सिकेनौं । बरु उनीहरुको आलोचनामा आएका कुरालाई काखी च्यापेर विद्धान भएको देशको दर्शन जान्ने व्यक्ति । हो त्यही भएँ ‘म’ ।

मलाई देखेर कुनै कसैले अव अनौठो मान्नुपर्दैन ! ‘म’ दुनियाँको कुनै नयाँ अपवाद जन्माउने मान्छे पनि होईन । मलाई बाटो देखाउनेहरुको पथ मैले धान्दै आएको हो । जुन पथ भन्दा माथि सोच्न नसक्नु ‘म’ फूच्चेको मगजले नभ्याएको मात्र होईन, मेरो बिर्को थुनिएको दिमागी ढोका खोलिदिने कोही नभेट्याएको पनि हो । सायद ‘म’ जस्तो मान्छेहरु यो दुदियाँ वा विश्व पनि अछुतो छैन होला । देश दुनियाँमा आ—आफ्नै राजचल्ने गरि बनाइएका दर्शनशरु आज आफू अनुकुल परिवर्तन भइरहेका छन् । अव चेत खुलाइदिने संगतसँग मैले सिकेको सिद्धान्त मेरो जीवनमा लागु गराउनु छ । सबै सचेत मान्छेहरु ति हुन जस्ले आफूले जानेका कुरा आफूसँग राखेर विद्धान भएकाछन् । त्यो देशको ‘म’ आफूले आफैलाई आजै एक सचेत घोषणा गर्दै दावा गर्छु अव दुनियाँ पलट्न मैले जानेका कुरा अरुलाई बाँडदै हिड्छु । हजारौँ सिद्धान्तका प्रतिपादक थोमस, अल्बालाई पनि कुनै जमानामा बहुला भनिएको थियो । विद्धानहरु सुकरात, प्लेटो, अरस्तु, गौतम बुद्ध, न्यूटन, आइन्सटाइन यि सबैलाई पनि कस्ले गतिलो भनेको इतिहास छ र ? ‘म’ कुनै विद्धान होईन, सामान्य नागरिक हुँ । मैले आज विल गेटस धनी मान्छे भनेर चिन्नु पर्दछ । विलगेट्स पनि कुनै दिन माइक्रोसफ्ट कम्पनीमा जागिर खान अयोग्य बनाइएकै कारण आज उनको यो प्रगति भएको हो । मलाई भाग्य, स्वर्ग र नर्कमा विश्वास छैन तर मेरो कर्मले सिकाएको पथमा विश्वास छ । जो मेहनत, जाँगर र निरन्तरतामा क्रियाशील रहन्छ ।

‘म’ त्यस्ताको अघि लाग्दिन जस्ले मलाई पछ्याउन सक्दैन, ‘म’ त्यस्ताको पछि लाग्दिन जस्ले मलाई डो¥याउन सक्दैन’— एक अभियान्ताको यो भनाई जीवनसँग जोडने हिम्मत गर्नु मेरो पहिलो कदम हुनेछ । दुनियाँका मान्छेहरु अरुको चाकडिमा हुर्किएका छन् । मलाई पनि त्यतै बाटो देखाउँछन् । दुनियाँथरीका अर्तिदिन्छन् । उनीहरु मलाई ये केही गर्न सक्दैनौं भन्ने छ । उनीहरु त्यसकारण होला, भाग्य र कर्म अरु कसैको हातमा छ भन्छन् । सानो हुनु, गरिब हुनु र पहुँचमा नपुग्नु उनीहरुका लागि आफ्नो पूर्वजन्मको पाप भन्ने छ । तर मैले सुनेको छु गरिब हुनु मेरो पूर्व जन्मको पाप होईन गरिव भएर जिउनु मेरो महापाप हो । आज धन, पैसा र पूँजीमात्र मान्छेको गरिव, धनी छुट्याउने विधी मानिएको छ । त्यो एक तर्क र साधन होला तर साधन पहिल्याउने हाम्रो साधना पहिलो शर्त हो । त्यो साधना भनेको कर्तव्य तर्फ हाम्रो लगाब र त्यसबाट प्राप्त हुने प्रतिफल हो । यो समाजै यस्तै हो । सत्ता र शक्तिमै भएकाहरु महान हुन्छन् ! धनी हुन्छन् । अरुलाई कजाएर स्वर्गजाने रहर गर्छन । यस्ता यस्तै मान्छेहरुको जत्थाहरुले घेरिएकाहरु नै यहाँ विशिष्ट हुन्छन ! कुनै विषयको नयाँ ज्ञान विद्धता, दर्शन, नयाँ चिन्तन र सोच, दीर्घकालीन दृष्टिकोण समकालीन समाजमा एकलकाटे हुन सक्दैन । बरु हाम्रो दर्शन त समाज परिवर्तनको जिज्ञासा बन्नुपर्दछ । परिवर्तन त्यहाँ छ, जहाँ कौतुहलता छ । संशय र खोज छ । जीवनको संघर्ष र त्यसमा निरन्तर छ । जीवन भनेको नै नयाँ कुराको लागि छटपटी हुनु हो । नयाँ ज्ञानको विजारोपण हो । चिन्तनमा परिपक्कता पनि हो ।

जीवन त्यो दर्शन होस् जस्ले, आफूले आफैलाई बदल्दै दुनियाँ बदल्न सकोस् । दुनियाँले मेरो दर्शन बनाओस् अनी ‘म’ बदलिउँला, दुनियाँले मेरो बाटो खनिदिओस् जहाँ ‘म’ दौडिन सकुँला । अरु नै कसैले मलाई जागिर, नोकरी वा पैसा कमाउने थलो सिकाओस अनी ‘म’ धनी बनुँला । मेरा आफन्त, स्ट मित्रले मलाई अफ्ठेरो पर्दा काध थापोस् जहाँ ‘म’ सहजता महसुस गरुला । आजको दर्शन शिद्धान्तले सिकाएको पाठ यही हो । यस्तो पाठ पढेर घोकेर परीक्षा दिएर भइदिएको मेरो बौद्धिकता देखेर हैरान हैरान भएको मान्छे ‘म’ । मैले जानेको, भनेको, चाहेको र अवलम्बन गरेको कुरा अरुले नमानेर बराललिएको मान्छे ‘म’ । अरुले भ्रष्टचार गर्दा, मैले गर्न पाइन भनेर चिच्याउने शिक्षाबाट प्रभावित महान व्यतित्व ‘म’ । कसैले कसैको चिरहरण गर्दा, भागविलो खोज्ने विद्धान मान्छे ‘म’ । आफूले देशका लागि एक मुठी माटो जोगाउन नसक्ने अरुले देश विगा¥यो भन्दै गर्दा बनेको नेता मन्त्री प्रधानमन्त्री ‘म’ । आफ्नो सोंच सानो भयो भनेर दुनियाँमा आएको आफ्नै सन्तानलाई बाबु, न कराउ है साना माछालाई ठूला माछाले खान्छन् । यही न दुनियाको नियम हो भन्दै थमथमाउने छोरा÷छोरीको बाउ ‘म’ ।

यस्तो मानसिकतामा जिएर मर्ने रहरमा अव छैन ‘म’ । सधै त्यो हुँदैन् । नेपालीको औषत आयु ६५ वर्ष जहाँ ‘म’ २५ वर्ष पढनु पर्छ । २० वर्ष सुतेर जीवन जान्छ । २ वर्ष आफन्तसँग गफ गरेर समय वित्छ । २ वर्ष अरुको कुरा काटेर समय वित्छ । ६ वर्ष मनोरञ्जनमा समय वित्छ । बाँकी रहेको १० वर्षमा उन्नति प्रगति गरेर दुनियाँमा सफल भएको देखाउनु छ । समय यही हो । सबैको तर समयको सही प्रयोग हाम्रो प्रतिवद्धता हो । विलगेट्स कहिल्यै सडकमा निस्किएर टाएर बालेनन् । थोमस, अल्वास्टाईन , अरस्तु र गौतमबुद्ध कहिल्यै जिन्दाबाद मुर्दाबादको नारा लगाउन भ्याएनन् । त्यसकारण भनिएको छ समय चिन्ने सफल व्यक्ति हो । नचिन्ने असफल । मलाई थाहा छ मेरा कतिपय आनीबानी मेरा प्रगति र सफलताका शत्रु हुन । ‘म’ भित्रको मलाई राम्ररी चिन्ने दर्शन बनाउनु छ । मनले हारे हार, जीते जीत न हो । हरेक ‘म’ भित्रको ‘म’ अव चिन्न जरुरी छ ।

२०७४ फागुन १२ ।
बुर्तिबाङ

* लेखक, ईबागलुङका संपादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *