बागलुङमा २ लाख ५७ हजारलाई हात्तीपाईले रोग बिरुद्ध औषधी खुवाईने !तमानखोला पुगेका प्रजिअ थापा र एसपी रेग्मीले औषधि खाएर गरे अभियानको शुभारम्भ !

बागलुङ २०७४ फागुन १२ । हात्तिपाईले रोग निवारण कार्यक्रम अन्र्तगत बागलुङ जिल्लाभर सन्चालित विशेष अभियान वीच हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने कार्य सुरु भएको छ । बागलुङ जिल्लाका २ लाख ५७ हजार जनसंख्यालाई हात्तीपाईले रोग बिरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको छ । जिल्ला सदरमुकाम देखी नगर तथा गाउ पालिकाहरुका स्वास्थ्य केन्द्रहरुमा आज देखी फागुन १४ गते तीन दिन सम्म औषधि खुवाउने काम जारी रहने जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

जिल्लाको अति दुर्गम मानिने तमान गाउँपालिकाको तमान स्वास्थ्य चौकी अन्तरगतको आम औषधि बितरण केन्द्रमा प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले हात्तीपाईले रोगको औषधि खाएर हात्तीपाईले रोग निवारण अभियानको शुभारम्भ गरेका छन् । सो कार्यक्रममा सहभागी हुन आज विहान तमान पुगेका प्रजिअ थापा र प्रहरी उपरीक्षक दिपक रेग्मीले स्थानीयलाई हात्तीपाईले रोग बिरुद्धको औषधी अभियानमा सरीक हुन सबैलाई आग्रह गरेको सहकर्मी बसन्त सुतपहरे घर्तीमगरले जानकारी दिए ।

हात्तीपाईले रोग बिरुद्ध औषधी खुवाउने अभियानमा प्रजिअ र प्रहरी प्रमुख तमानमा आउदा स्थानीयहरुले भव्य स्वागत गरेको अर्जुन ढकालले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सन २००३ देखि सुरु भएको अभियान अन्र्तगत यस अगाडि आठौं पटक सम्म हात्तीपाईले रोग निवारण कार्यक्रम अन्र्तगत औषधि खुवाईए पनि पूर्णरुपमा निर्मुल नभएकोले यस वर्ष नवौँ पटक जिल्लाव्यापीरुमा यो कार्यक्रम सुरु गरिएको हो । यसबर्ष अन्तिम कार्यक्रमको रुपमा जिल्लाका सबै तहमा यो अभियानको सुरु गरिएको हो ।

२ बर्षमुनिका बालबालिका, गर्भवती महिला, ७ दिनभित्रका सुत्केरी , जटिलरोगका बिरामी बाहेक सबैजनालाई जुकाको एल्वोडाजोल एक चक्की र हात्तिपाईले रोग बिरुद्धको डिईसी चक्की खुवाउन लागिएको कार्यालयको भनाई छ । कार्यालय दिएको जानकारी अनुसार पहिलो दिन आज टोल टोलमा पुगेर औषधी खुवाउने कार्यक्रम रहेको छ भने दोश्रो र तेश्रो दिन घरघरमा पुगेर स्वास्थ्य स्वयं सेबक, सेविका, चिकित्सक लगाएतको टोलीले आफनो प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्यक्रम रहेको छ ।

स्मरणीय छ, बागलुङ नगरभित्रका करीब १० हजार विद्यार्थीहरुलाई भने आज शनिवार विद्यालयहरु विदा हुने भएकाले हिँजै शुक्रवार हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईएको थियो ।

कार्यालयले दिएको जानकारी अनुसार १ देखि ५ बर्ष उमेर समुहका बालबालिकाले डिईसी १ चक्की, ६ देखि १४ बर्ष उमेर समुहकाले २ चक्की र सो भन्दा माथि उमेरका ब्यातिmले ३ चक्ीक एकैपटक खाना खाईसकेपछि खानुपर्ने हुन्छ ।

तस्वीर सौजन्य: चन्दन शाह ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *