बुर्तिवाङमा कम्प्यूटर प्रणालीबाट नागरिकताको प्रमाणपत्र वितरण सुरु

छविलाल पाण्डे बुर्तिवाङ २०७४ फागुन १२ । ईलाका प्रशासन कार्यालय बुर्तिबाङले शुक्रबारदेखि कम्प्युटर प्रबिधिमार्फत नागरिकलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्न शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले शुक्रवार गौमती बिकलाई कम्प्यूटर प्रबिधिको नागरिकताको प्रमाण पत्र हस्तान्तरया गर्दै यस कार्यको शुभारम्भ गरेका हुन ।
जिल्ला प्रशाशन कार्यालयमा यस अगाडिनै यो कार्यक्रम सुरु भएपनि पश्चिम क्षेत्रका नागरिकलाई सहजता हुनेगरी पहिलो पटक यो अभियान सुरु भएको ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापाले बताए ।

कम्प्युटर प्रबिधिबाट निष्काशित नागरिकता त्रुटीरहीत र आकर्षक हुने बताईएको छ । कम्प्यटुर प्रबिधिबाट बनाईएको नागरिकता पहिले नागरिकता बनाई सकेको ब्यतिmले समेत प्राप्त गर्नसक्ने छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *