बागलुङको बजार पधेर्नीलाई दु:ख हजार : ड्रिलिङ प्रविधिबाट पानी निकाल्न संभव छ ?

बागलुङ २०७४ फागुन १२ । दशकौँ पहिले जनकवि केशरी धर्मराज थापाले बागलुङ बजारको नारायणस्थान चौतारीमा गाएको गीतको बोल हो यो । यस गीतले बागलुङ बजारमा तत्कालीन अवस्थामा पानीको बिकराल समस्यालाई चित्रण गरेको छ र बढ्दो जनघनत्वले गर्दा अहिले पनि पानीको अभाव बजारवासीले झेली रहेका छन्, समस्या ज्यूँका त्यूँ नै छ भन्नु अत्युक्ति नहोला ।

पानीको समस्याको हल खोज्दै स्थानीय एक बोर्डिङ स्कूलले बागलुङ बजारमा ड्रिलिङ प्रविधिबाट जमीन खोदेर पानी निकाल्ने (तान्ने) प्रयास गरेको छ । पिउनका लागि नभएर सरसफाईका लागि यसरी पानीको आपुर्ति गर्न खोजिएको बोर्डिङको भनाई छ ।

बागलुङ नगरपालिका १ रामरेखा स्थित चिल्ड्रेन लाईफ बोर्डिङ स्कूलले ड्रिलिङ मेशिन ल्याएर जमीन तलबाट पानी माथी तान्ने योजनालाई कार्यान्वयन गरिरहेको छ । बागलुङ नगरमा यसरी पानीको आपुर्ति गर्ने यो सम्भवत पहिलो प्रयास हो । यो प्रयास सफल हुन्छ या हुँदैन त्यस्को केहि संकेत भने देखिएको छैन ।

हामीले बोर्डिङ स्कूलका प्रिन्सिपल नवराज श्रेष्ठलाई सोधेका थियौँ, ‘यो ड्रिलिङ प्रविधिबाट पानी निकाल्न (तान्न) संभव छ ?’

तीन दिन लसगाएर १३० मिटर पाईप जमीन मुनी घुसार्दा सम्म पानीको केहि संकेत फेला परेको छैन, प्रिन्सिपल श्रेष्ठले ईबागलुङसंग भने अर्को ठाउँबाट खोद्ने कि भन्ने सोँचमा छौ । कालीगण्डकीको सतह १७० देखी १८० मिटरको गहिराईमा रहेकोले पानीको अर्को कुनै मुल भेटिन्छ कि भन्ने हामीले आशा लिएका छौँ ।’

उता ड्रिलिङका प्राविधिकहरुले भने फागुपूर्णिमा सम्ममा पानी निकाल्ने आश्वासन दिएको श्रोतको दाबी छ ।

कालीगण्डकीको पानीलाई कालिका भगवती गुठीले लिफ्टिङ प्रविधीबाट मन्दिरमा पानी झारेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *