आजको तस्वीर : खतराको घण्टी !

बागलुङ २०७४ फागुन १२ । बागलुङ सदरमुकाम नजिकै मध्यपहाडी लोकमार्गमा ठडिएको यो बिजुलीको पोलको तस्वीरलाई दीपक शर्माले आफ्नो फेसबुकमा शेयर गरेका छन् । तस्वीरले आसन्न खतरालाई निम्त्याई रहेको प्रष्ट छ । खासगरी विद्युत प्राधिकरण र नगरपालिकाको ध्यान यस पोलमा नजानु दुर्भाग्यपूर्ण भएको आम नागरिकको ठहर छ ।

पोलको दुर्दशालाई लिएर चर्चा भैरहँदा धौलागिरी बहुमुखी क्याम्पसका एक विद्यार्थीले, ‘केहि टाढा रहेको प्राधिकरणको आँखा त फुट्यो फुट्यो, कमसेकम नजिकै रहेको नगरपालिकाको नजरमा समेत पर्न नसक्नु दु:खद…’ भन्दै यस्तो व्यंग्य कसेका थिए, ‘ नगरपालिकाले एक गाग्री जल पठाएर पोलको जरामा हाली दिएत पोल अलि तंग्रिदो हो नि, क्याम्पसको धुलो थमार्न जस्तै दमकल नै पठाउनु पर्ने त थिएन !’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *