Menu

सिरबारे प्राबि दुदिलाभाटीको रजत जयन्ती सम्पन्न

घनश्याम गौतम, गल्कोट २०७४ फागुन १२ । गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिका भित्रका सम्पुर्ण बिद्यालय समायोजन गर्न समस्या भैरहेकोे अबस्थामा सिरबारे प्राथमिक बिद्यालयलाई नगरपालिकाबाट बिशेष योजना बनाएर समायोजन गर्ने बताएका छन् । सिरबारे प्राथमिक बिद्यालय गलकोट नगरपालिका १ दुदिलाभाटी सिरबारेको रजत जयन्ति तथा २५ औ बार्षिकोत्सव समापन समारोहलाई सम्बोेधन गदैं नगरप्रमुख गैरेले गल्कोट नगरपािलका १ मा रहेकोे भौगोलिक बातवरणलाई अध्ययन गरि सोही अनुसार बिकासका तथा शैक्षिक क्रियाकलापका कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

नगरपालिका भित्र शिक्षा क्षेत्रको बिकासका लागी नगरपालिकाले बिशेष योजना बनाएको जानकारी दिँदै नगर प्रमुख गैरेले बिद्यालयमा बिद्यार्थीहरु केहि समय रहने हुदा घर नै बिद्यार्थीको पहिलो पाठशाला भएको भन्दै शैक्षिक क्रियाकलापमा अग्रसर बनाउनका लागी अभिभावकको प्रमुख भुमिका रहने बताए ।
कार्यक्रममा गलकोट नगरपालिका शिक्षा समिति सयोजक तथा बडा नम्बर २ का बडा अध्यक्ष हेमन्त भण्डारी, समाजसेबी बम बहादुर गुरुङ लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

बार्षिक उत्सब तथा रजत जयन्तिको अवसरमा आयोजित खुल्ला सामुहिक नृत्य प्रतियोगितामा न्युलाईफ बोडिङ स्कुल हरिचौर प्रथम बिहानी युवा क्लव काठेखोला गाउपालिका व्दितिय, पात्लेखोला युबा क्लव दुदिलाभाटि तृतिय र जनएकता युबा क्लव चारकुने सान्तवना भएको बिद्यालयले जनाएको छ । कार्यक्रममा कलाकार चित्रा परियारको सांगितीक प्रस्तुती रहेको थियो ।
कार्यक्रममा चन्दादाता, अक्ष्यकोषदाता, सहयोगदाता लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम सिरबारे प्राथमिक बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष मिनबहादुर बुढाथोकीको अध्यक्षता, शिक्षिका पबित्रा पुनको स्बागत मन्तब्य र सामुदायिक रेडियो गलकोट एफ एमका समाचार प्रमुख गुमानसिंह भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । बिद्यालयको २५ औ बार्षिकोत्सब तथा रजत जयन्ती फागुन ७ गतेदेखी सञ्चालन गरिएको थियो ।

यसैवीच गलकोट माध्यमिक बिद्यालयको ७०आंै बार्षिकोत्सब तथा अभिभाबक दिबस सञ्चालन भैरहेको छ । बार्षिकोत्सबको अबसरमा बिद्यालयमा आन्तरीक तथा अन्तर बिद्यालय स्तरीय कार्यक्रम सञ्चालन गरिएको बिद्यालयले जनाएको छ ।

बार्षिकोत्सबको अबसरमा आयोजित माध्यमिक बिद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिातमा न्युलाईफ बोडिङ स्कुलकी श्रृजना बोहोरा प्रथम, जनजागृति माध्यकि बिद्यालयकी मनिषा खरेल दित्तिय र गलकोट माध्यमीक बिद्यालयकी लिला अधिकारी तृतिय भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गलकोट बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख झलक पाण्डेले बिद्यार्थिले शारिरक क्रियाकलाप संगै बांद्धिक प्रतियोगितामापनि सक्रियताका साथ सहभागिता जनाउनुपर्ने बताए ।

बक्तृत्बकला कार्यक्रम गलकोट माध्यमिक बिद्यालयका प्रधानाध्यापक देबेन्द्र खत्रीको अध्यक्षता तथा शिक्षक टिकाराम कडेलको सञ्चालनमा सम्पन्न भएको थियो । माध्यमिक तहको पुरुष भलिबल प्रतियोगीतमा १७ समुहको सहभागिता रहेकोमा भलिबल प्रतियोगिताको सेमीफाईनल सम्मको खेलहरु सम्पन्न भएको शिक्षक राम बहादुुर खत्रीले जनाकारी दिए । बार्षिकोत्सव फागुन १२ गते भोली समापन गरिने बिद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *