भानुमावि ग्वालीचौरमा श्रोत स्तरीय कार्यक्रम सम्पन्न

बिमल खड्का खर्वाङ २०७४ फागुन १२ ।भानु माध्यमिक बिद्यालय बडिगाड गाउपालिका वडा न ५ ग्वालीचौरमा श्रोत स्तरीय प्रतिभा प्रस्पुmटन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रम भानु मावि ग्वालीचौर श्रोत केन्द्र भित्रका विभिन्न बिद्यालयका बिद्यार्थीहरुले आफ्नो प्रतिभा देखाएका थिए ।

केन्द्रले आयोजना गरेको कार्यक्रममा बिद्यार्थीको प्रतिभा पहिचान गर्ने उदेश्यले ५ बिधाको कार्यक्रम राखिएको थियो । जस्मा चित्रकला प्रतियोगिता, ट्रयाक डान्स प्रतियोगिता, बक्तित्वकला प्रतियोगिता, गायन प्रतियोगिता तथा शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगिता गरि ५ बिधामा बिद्यार्थीको प्रतिभा पहिचान गरि शुक्रबार नै बिद्यार्थीलाई पुरस्कृत गरिएको छ।

कार्यक्रममा बडिगाड गाउँपालिका अध्यक्ष मेहर सिह पाईजाले बिद्यार्थीको आन्तरिक प्रतिभाहरु यस्तै कार्यक्रमले छनोट हुने भन्दै गाउँपालिका पनि यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्दै जाने बताए ।

भानु माविका प्रअ केशव खरेलको अध्यक्षतामा सुरु भएको कार्यक्रम शिक्षक उदय खरेलको स्वागत र शिक्षक कृष्ण भट्टराईको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *