Menu

उत्तरगंगा मावि स्रोतकेन्द्र स्तरिय प्रतिभा पहिचान कार्यक्रम बुर्तिबाङमा सम्पन्न !

खेमराज अर्याल, बुर्तिबाङल २०७४ फागुन ११ । उत्तरगंगा मावि स्रोतकेन्द्र स्तरिय प्रतिभा पहिचान कार्यक्रम आज उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङमा सम्पन्न भएको छ । उत्तरगंगा मावि स्रोत केन्द्रको आयोजनाका कार्यक्रम सम्पन्न भएको हो । आयोजित कार्यक्रम मध्य ४ ओटा विद्यालयको सहभागिता रहेको शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रममा प्रकाश माध्यमिक विद्यालय हुन्द्रफेदी प्रथम उत्तरगंगा माध्यमिक विद्यालय द्धितिय जनता सेकेण्डरी इङ्लिस वोर्डिङ स्कुल तृतिय र जनजागृती आधारभुत विद्यालय कुत्थाप्ला सान्त्वना भएका छन् ।

ट्रयाक नृत्य प्रतियोगितामा रिभरहेड इन्टरनेश्नल एकेडेमी बुर्तिबाङ प्रथम अर्नाकोट आधारभुत विद्यालय द्धितिय उत्तरगंगा माध्यमिक विद्यालय तृतिय र प्रकाश माध्यमिक विद्यालय सान्त्वना भएका छन् । वाद्यवाधन सहितको नृत्यमा जनजागृती आधारभुत विद्यालय प्रथम गायनतर्फ पदम परियार प्रथम र प्रकाश माविकी कृषिका पुन द्धितिय भएका छन् ।

२ समुहको सहभागिता रहेको नाटकमा उत्तरगंगा मावि प्रथम र जनजागृती आधारभुत विद्यालय द्धितिय भएका छन् । यस्तै निबन्ध लेखन प्रतियोगितामा जनता सेकेण्डरी इङ्लिस वोर्डिङ स्कुल प्रथम भुजि माध्यमिक विद्यालय द्धितिय प्रकाश माध्यमिक विद्यालय तृतिय र न्यु मोर्डन एकेडेमी सान्त्वना भएका छन् । कविता प्रतियोगितामा उत्तरगंगा मावि प्रथम भएको छ ।

सो अवसरमा प्रमुख अतिथीको आसनबाट वोल्दै ढोरपाटन नगरपालिकाकी उपमेयर करमती पुनले वालवालिको सिकाइ क्षमता विकास र प्रतिभा प्रस्फुटन गराउनका लागी यस्ता कार्यक्रम महत्वपुर्ण हुने भन्दै नगरपालिका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाईन ।

कार्यक्रम उत्तरगंगा मावि स्रोत केन्द्रका स्रोतव्यािक्त हरिचन पाण्डेको अध्यक्षता प्रकाश माविका शिक्षक इश्वरी शर्माको स्वागत मन्तव्य र उत्तरगंगा माविका शिक्षक लोकेन्द्र सुनारको सञ्चालनमा सम्पन्न भएको ,थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. गणेश कुमार थापा

    फरक फरक क्षमता भएका १० लाख बिधार्थीलाई एउटै पाठयक्रम पढाउन बाध्य पर्ने शैक्षिक ब्यबस्था भएको देशमा कसरी प्रतिभा पहिचान गर्छन । ठट्टा गर्या हुनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *