Menu

बिहुँमा अपाङ्गता सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न !

बागलुङ २०७४ फागुन ११ । काठेखोला गाउँपालिका वडा न ६, बिहुँ हटियामा रहेको बिहुँ स्वास्थ्य चौकीका कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविका गरि २२ जनाकोलागि अपाङ्गता सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता सरोकार सघं, बागलुङ र आई। एन। एफ नेपालको साझेदारितामा सञ्चालित अपाङ्गता भएका ब्याक्तिहरुको गुणस्तरीय जीवन बिकासका लागि समुदायमा आधारित पुनःस्थापना (CBR) परियोजना अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण सघंका कार्यक्रम संयोजक राम प्रसाद घिमिरे र आइ।एन।एफ नेपालका फिजियोथेरापिष्ट अश्विन दाहालले गरेका थिए।

उक्त कार्यक्रममा अपाङ्गता भनेको के हो रु कति प्रकारको हुन्छरु अपाङ्गता को पहिचान कसरी गर्ने ? अपाङ्गता हुने कारण के के हुन ? रोकथामका उपायहरु के के हुन ? सेवासुविधा के के छन् ? अपाङ्गता भएका व्याक्तिहरुको पुनःस्थापनामा स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयंसेविककाहरुको भुमिका के हुन्छ ? जस्ता बिषयमाथि सहभागीहरुलाइ प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको समापन समारोहमा बोल्दै आई।एन।एफ। नेपालका Technical Officer नवीन सुवेदीले साझेदार संस्थाहरुको परिचय, सहयोगी सस्थांको परिचय, ऋद्यच् परियोजनाको उद्देश्य, कार्यक्रमको मोडालिटी र स्वयंसेविकाको भुमिका माथि प्रकाश पारेका थिए।

त्यस्तै स्वयंसेविकाको तर्फबाट बोल्दै वडा नं -६ की स्वयंसेविका सरस्वती कंडेलले भनिन् ‘आजको यो अभिमुखिकरण कार्यक्रम निकै फलदाई रह्यो, साथै ऋद्यच् कार्यक्रम प्रभावकारी रुपमा चलिरहेको र आगामि दिनमा हामीहरुपनि अपाङ्गताको हक अधिकार तथा रोकथामको क्षेत्र डटेर लाग्ने छौँ ।’
यसै क्रममा स्वास्थ्य चौकी प्रमुख सितेष कुमार कर्णले कार्यक्रम आयोजकलाई बधाई तथा सहभागीलाइ धन्यबाद दिँदै सबैलाई अपाङ्गताको पुनःस्थापना तथा रोकथाममा सशक्तरुपमा लाग्न अनुरोध गरे।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *