ताराखोला- ३ घुस्मेलीमा पशुस्वास्थ्य शिविर सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७४ फागुन ११ । ताराखोला गाउँपालिका को पशु शाखा को आयोजना मा संचालित ५ दिने निशुल्क पशु स्वास्थ शिबिर को आज तेस्रो दिन वडा न ३ मा शिबिर सम्पन्न भएको छ । वडा न ३ को हिल घुस्मेली मा आज सम्पन्न पशु स्वास्थ शिबिर मा ७४ घर परिवारले सेवा लिएका छन भने साना र ठुला गरि ८६२ पशु तथा पंक्षि को स्वास्थ परिक्षण गरियको शिबिरका संयोजक तथा ताराखोला गाउँपालिका का पशु शाखा प्रमुख पुष्पराज अधिकारी ले जानकारी दिए।

प्रत्येक वडा मा १र१ दिन संचालन हुने शिबिरमा पशुको गर्भ परिक्षण,गोबर तथा पिसाब परिक्षण, बाजोपन साथै सन्क्रामक रोग हरुको परिक्षण तथा उपचार , पशुपंक्षी हरु मा देखिने लेउ जुका लुतो जुम्रा उमिया किर्ना लगायत का औषधि निशुल्क बितरण संगै प्राविधिक सर सल्लाह दिइने शिबिर संयोजक अधिकारी को भनाइ छ ।

शिबिर को ताराखोला गाउपालिका का पशु शाखा प्रमुख पुष्पराज अधिकारी, जिल्ला पशु कार्यालय बाग्लुङ का पशु स्वास्थ प्राबिधिक केशवराज सर्मा पौडेल ,पशु बिकास अधिकृत निलकण्ठ शर्मा , गल्कोट नगरपालिकाका पशु स्वास्थ प्राबिधिक चिन्तामणी शर्मा र पशु प्राबिधिक रमा अर्याल र दुर्गा बहादुर श्रीस ले सहजीकरण तथा प्राबिधिक सेबा प्रदान गरेको ताराखोला गाउपालिका पशु शाखाले जनाएको छ । फागुन १३ गते सम्म संचालन हुने पशु स्वास्थ शिबिर वडा न १ ,२ मा यश अघि नै सम्पन्न भैसकेको आज वडा न ३मा सम्पन्न भएको भोलि १२गते वडा न ४ र १३ गते वडा न ५ मा संचालन हुने जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *