Menu

भिरबाट लडेर गुल्मीमा एक जनाको मृत्यु

प्रेम सुनार, गुल्मी २०७४ फाल्गुन ११ । गएराती गुल्मीमा एक जनाको भिरबाट लडेर मत्यु भएको छ । गुल्मीदरवार गाउँपालिका वडा नम्वर ४, चारपाला निवासी ५४ वर्षिय लोकबहादुर सुनार हिजो साझ वाहिरबाट घर आउने क्रममा घर नजिकैको भिरबाट लडेर घम्भीर घाईते भएका थिए ।

उनलाई उपचारका लागि पाल्पास्थित मिशन अस्पतालमा लगिएको र राती करिव ११ वजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्धाफाँटका प्रहरी साहयक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *