Menu

गुल्मी सदरमुकाम तम्घासमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाईयो !

प्रेम सुनार, गुल्मी २०७४ फाल्गुन ११ । विप्लव नेतत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला कमिटीले आज विहानै देखि सुरुक्षाकर्मीहरुको वाक्लो उपस्थितीका वावजुद् पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सदरमुकाम तम्घासमा पुत्ला दहन गरेको छ । सो संगठनले हिजै पत्रकार सम्मलेन गरी प्रधानमन्त्री ओलीको पुत्ला दहन कार्यक्रम रहेको कुरा जानकारी गराई सकेको थियो ।

आज दिउँसो सवा १ वजेको समयमा सो पार्टीका गुल्मी जिल्ला ईञ्चार्ज धिरज राना, सेक्रेटरी खिम खड्का लगाएतका नेता र कार्यकर्ताहरुले तम्घासको अर्घाखाँची जिपपार्र्कमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन । सो पार्टीका दुई जना नेतालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको र भोली जनप्रदर्शनको कार्यक्रम रहेको जिल्ला सेक्रेटरी खिम खड्काले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *