Menu

पञ्चकोट महायज्ञमा समाजसेवी सूर्यप्रसाद श्रेष्ठ मिलनबाट रु १,५५,५५५ प्रदान !

बागलुङ, २०७४ फागुन ११ । बागलुङ नगरपालिका ६ मा रहेको सर्वसिद्धीधाम पञ्चकोटमा जारी चौथो बिश्व शान्ति धनधान्याञ्चल ज्ञान महायज्ञको दोश्रो दिन बिहीवार बागलुङ बजार निवासी समाजसेवी एवं पूर्व शिक्षक सूर्यप्रसाद श्रेष्ठ मिलन (मिलन गुरु)ले १ लाख ५५ हजार ५ सय ५५ रुपयाँ दान गरेका छन् ।

बिहीबार चिसोका कारण महायज्ञ स्थलमा कथा प्रवचन बाहेक अन्य कुनै कार्यक्रम सन्चाल हुन नसकेको ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।

महायज्ञमा प्रत्येक दिन बिहान ५ बजेवाट शुभप्रभातम, यज्ञ पुजन, बिहान ७ बजेवाट श्रीमद्भागवत पाठपरायण, दिउँसो १२ बजेवाट संगीतमय कथा प्रवचन र साँझ ५ बजेवाट भजन संकीर्तन हुने प्रतिनिधी अध्यक्ष नगेन्द्रराज शर्माले ईबागलुङलाई जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *