Menu

पूर्व विद्यार्थीहरुव्दारा त्रिभुवन माबिलाई सामुहिक रुपमा ढाइ लाख रुपयाँ सहयोग

कौरव खत्री, गुल्मी २०७४ फागुन ११ । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरु मिलेर विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।
मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गरि २०६१ सालमा एसएलसी पास गरेर विद्यालयका भूतपूर्व विद्यार्थीहरु मिलेर स्र्वण महोत्सवका अवसरमा रु २ लाख, ५५ हजार, ५ सय, ५३ रुपैया बरावरको आर्थिक संकलन गरेर विद्यालयलाई सहयोग प्रदान गरिएको अभियानका अभियान्ता सिता कार्कीले जानकारी दिए ।

स्र्वण महोत्सवलाई लक्षित गदै पूर्व विद्यार्थीहरु महेश घर्ति, सीता कार्की, बुद्धमणि खराल, रविलाल पौडेल लगायतको संयुक्त पहलबाट देश तथा विदेशमा छरिएर रहेका पूर्व विद्यार्थीहरु मार्फत आर्थिक संकलन गरी आफूहरुले अध्ययन गरेको विद्यालयको लागि अक्षयकोषमा रहने गरि एकमुष्ठ आर्थिक सहयोग हस्तान्त्रण गरेको अभियानका अभियन्ता महेश घर्तीले जानकारी दिए ।

यसरी आर्थिक सहयोग गर्ने पूर्व विद्यार्थीहरुलाई विद्यालयले स्र्वण महोत्सवको समापन समारोहमा सम्मान पत्र र मायाको चिनोले पूर्व विद्यार्थीहरुका प्रतिनिहिरु महेश घर्ति, सीता कार्की, बुद्धमणि खराल, रविलाल पौडेललाई संयुक्त रुपमा सम्मान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *