तमानखोला ६ नर्जाखानीमा नेपाली काँग्रेसको वडास्तरीय समिती गठन

छविलाल पाण्डे बुर्तिबाङ २०७४ फागुन ११ । नेपाली कांग्रेस तमानखोलाको आयोजनामा तमानखोला वडा नं ६ नर्जाखानीमा वडा स्तरीय समितीे गठन गरिएको छ ।

बिहिबार आयोजित कार्यक्रमका अबसरमा नेपाली कांग्रेस तमानखोला गांउपालीका संयोजक खगेन्द्रमान पु्नको अध्यक्षतामा नेपाली कांग्रेस क्षेत्रिय सभापती दोर्णकुमार कुवर, तमानखोला गांउपालिका प्रमुख जोकलाल बुढाको समुपस्थितिमा चित्रबहादुर छन्त्यालको संयोजगत्वमा १९ सदस्यीय समितीको गठन गरिएको हो ।

समितीको उपसभापतीमा दलबहादुर बिक, उदिमबहादुर बिक, सचिबमा उमेश छन्त्याल र युवराज छन्त्याल, कोषाध्यक्षमा थमकुमारी छन्तयाल तथा सदस्यहरुमा निर्मलादेवी बिक, पुर्णकुमार छन्त्याल, निमबहादुर छन्त्याल, मात्रिका छन्त्याल, गिरप्रसाद बिक , महेश गोतामे, घनस्याम श्रीपाली, हेमन्त छन्त्याल, यामदेवि बिक,ओमप्रसाद छन्त्याल, धनबहादुर छन्त्याल, बिर्खलाल बिक, खिमबहादुर रसाईली रहेका छन् ।

त्यस्तै कुलबहादुर छन्त्यालको संयोजकत्वमा , हिरामान बिक, देबिन्द्र छन्त्याल रहेको सल्लाहकार समिती गठन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी दोर्णकुमार कुवंरले समितीमा चयन भएका पदाधिकारीलाई बधाई ज्ञापन गर्दे सक्रिय राजनैतिक र समाज रुपान्तरणमुखी अभियानमा जुट्न आग्रह गरेका थिए ।

उनले नेपाली कांग्रेस पार्टीले बिगतदेखि बर्तमान सम्म समाज रुपान्तरणका निम्ती महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताउदै भावी दिनमा सबैको अपनत्व हुने गरी सबै क्षेत्रको बिकासमा अगाडि बद्दै जाने बताए । कार्यक्रममा गांउपालीका प्रमुख जोकलाल बुढा, सभापती खगेन्द्रमान पुन
लगाएतको मन्तब्य रहेको थियो । कार्यक्रमको सञ्चालन युवराज छन्त्यालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *