८ बुँदे बागलुङ घोषणापत्र जारी गर्दै जिल्ला सहकारी संघको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न !

सुमन जि.सी, बागलुङ २०७४ फागुन ११ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा सञ्चालीत ४ दिने प्रशिक्षक प्रशिक्षण तालिम ८ बुँदे बागलुङ घोषण जारी गर्दै बिहीवार सम्पन्न भएको छ ।

समृद्ध समाज निर्माण गर्ने अभिप्रायले सहकारी अभियान मार्फत हुनेखानेसंग भएको श्रोतलाई हुदा खानेसम्म पु¥याउन आर्थिक सुधारकालागि सामाजिक सशक्तिकरण गराउदै स्वःरोजगार सिर्जना गरी हुदा खानेलाई हुनेखाने बनाउने सहकारी अभियानको साझा प्रतिवद्दता अनुरुप दिगो विकास लक्ष्य सन् २०१६–२०३० हासिल गर्ने महान अभियानप्रति प्रतिवद्ध हुदै घोषणा पत्र, जारी गरिएको छ ।

घोषण पत्रमा सहकारीका मूल्य मान्यता र सिद्धान्तको परिपालन गर्दै सुशासित सहकारी संस्थाको विकासका लागि प्रतिवद्ध हुने, सन् २०३० सम्मको दिगो विकासका सवै लक्ष्यहरु प्राप्तिका लागि सहकारी अभियान रणनीतिक योजनाकासाथ स्थानीय विधिको प्रयोग मार्फत उद्यमशिलता बृद्धि संगसंगै क्षमता विकास गराउदै गरीवी न्यूनिकरण गर्ने, सहकारी विधि र प्रक्रिया वमोजिम महिला तथा यूवाहरुको सहभागिता सुनिश्चितता तथा आर्थिक सामाजिक सवलीकरणका लागि आवश्यक नीति नियम परिमार्जन गरी कार्यान्वयन गर्ने, सहकारी सेवाहरुको व्यवसायिक विकास तथा सदस्यहरुको समृद्धिका लागि नेतृत्वदायी भूमिकाका लागि प्रयत्नशिल रहने, सहकारी क्षेत्रको योगदानलाई वृद्धि गर्न स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायहरू वीच समन्वय गर्दै सहकार्य गर्ने गराउने, चरणबद्धरुपमा संचालन हुने तालिममा सहभागि भै दक्ष प्रशिक्षकको रुपमा सेवाप्रवाह मार्फत सहकारीकोे संस्थागत विकास तथा संस्थामा सदस्यहरुको पहुच विस्तारका लागि कार्य गर्ने, तालिमका सहभागिहरु आफ्नो कार्यस्थानमा फर्केपछि चैत्र पहिलो हप्ता भित्र आ–आफ्नो कार्यक्षेत्रमा २ दिने अभिमुखिकरण तालिम संचालन गर्ने र कार्यस्थानमा संचालन गरिएको अभिमुखिकरण तालिममा सिकिएको अनुभवहरु संगालेर चैत्र १५, १६ र १७ गते म्याग्दीको गलेश्वरमा आवासिय तालिम संचालन गर्ने र सबै सहभागिहरुले निरन्तरता दिने प्रतिवद्धता घोषणा पत्रमा समावेश छ ।

तालिम कार्यक्रमको समापनका क्रममा सहभागिहरुको तर्फवाट राजु आचार्य, सहभागि तथा बेनी नगरपालिकाका उपमेयर सञ्जु वरुवाल, जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, प्रशिक्षक एवं विकासविद हिम्मतसिंह लेकाली लगाएतले मन्तव्य राखेका थिए । समापन सत्रमा संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले तालिमलाई चरणवद्ध रुपमा सञ्चालन गरी धौलागिरी अञ्चलमा सहकारी क्षेत्रका विज्ञ प्रशिक्षकहरु उत्पादन हुनेमा आशावादी रहेको बताएका थिए ।

बागलुङ, पर्वत र म्याग्दी जिल्लाका २५ जनाको सहभागिता रहेको तालिमको समापन सत्रको अध्यक्षता संघका अध्यक्ष पौडेल र सञ्चालन सचिव ऋषिराम गौतमले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *