Menu

आफ्ना नेता पक्राउ गरेको विरोधमा विप्लव माओवादीले आज प्रधानमन्त्री ओलीको पुत्ला जलाउने !

प्रेम सुनार, गुल्मी २०७४ फाल्गुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेको एक हप्ता नपुग्दै विप्लव नेतत्वको नेकपा माओवादीव्दारा उनको पुत्ला दहन पर्ने भएका छन् । बिहीवार सो पार्टीको गुल्मी जिल्ला संगठनले एक कार्यक्रमको आयोजना गरी आज शुक्रवार प्रधानमन्त्री ओलीको पुत्ला जलाईने जानकारी दिएको हो ।

गुल्मी जिल्ला सेक्रेटरी खिम खड्काले आफ्ना दुई नेताहरु सरकारले पक्राउ गरेको विरोधमा आज देशैभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम रहेको जानकारी दिएका हुन् ।

ओलीले असरकारको नेतृृत्व सम्हाले लगत्तै सो पार्टी निकट युवा संगठनको राष्ट्रिय सम्मेलनमा विराटनगर जाने क्रममा स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली र पोलिटव्युरो सदस्य पदम राईलाइ प्रहरीले गिरफ्तार गरी अहिले सम्म थुनामा राखेको छ ।

त्यसको विरोधमा विभिन्न दवावमुलक कार्यक्रम गर्दैै आएको सो पार्टीले बिहीवार देशका विभिन्न जिल्ला सहित गुल्मीमा पनि सर्वपक्षीय अन्तरकृया कार्यक्रम गरेको थियो ।

‘कथित वाम सरकारको ज्यादती र लोकतन्त्र विषयक नाम दिईएको अन्र्तकृया कार्याक्रममा स्वतन्त्र पुर्वक वाँच्न पाउने अधिकारलाई कुण्ठित गर्र्दै अहिलेको सरकार तानाशाही भएको आरोप लगाईएको छ ।

गुल्मी जिल्ला पार्टी सेक्रेटरी खिम खड्काव्दारा जारी विरोध पत्रमा वाम सरकारलाई कथित दक्षिणपन्थी, अवुसरवादी र दक्षिण पन्थी भएको आरोप लगाईएको छ । त्यस्तै नागरिक स्वतन्त्रको् धज्जी उडाउँदै्र तानाशाही र हिटलरी शासनको झल्को दिएको , देश र जनताको हितमा काम नगरी केहि मान्छेहरुको विलासी जीवनका लागि मात्र सरकार गठन भएको , भ्रष्टाचारी, कालोवजारीलाई रोक्नुको साटो प्रशय दिएको , कम्युनिष्टको नाममा संसदीय व्यवस्थामा गएको आरोप लगाउँदै यस व्यवस्थाको विरुद्ध आफ्नो पार्टी विद्रोहमा उत्रिएको र विद्रोहबाटै वैज्ञानिक समाजबाद ल्याउने दावी गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी सो पार्टीका जिल्ला ईन्चार्ज पुरन क्षेत्रीले अहिलेको संसदीय व्यवस्थालार्ई सीमित व्यक्ति र वर्गको खादा मोहत्सवको सज्ञा दिए । ‘मन्त्री बन्ने, खादा ओढ्ने सिवाय अरु केहि हुन सक्दैन उनले भने– यसर्थ यो व्यवस्थालाई हामीले खादा महोत्सव भनेर भन्ने गरेका छौं ।

उनले अख्त्यिार प्रमुख नै भ्रष्ट भएको जनताले बुझि सक्दा पनि भ्रष्टचार विरुद्ध लाग्नु पर्ने सरकारले सुमार्गी जस्ताहरुलाई संरक्षण दिएर राख्नुले यो सरकार भ्रष्टचारीहरुको संरक्षक हो भन्ने आरोप लगाए ।

अन्तरकृया कार्यक्रममा विभिन्न राजनैतिक आस्था राख्ने वक्ताहरुले पनि शान्तिपुर्वक राजनैतिक गतिविधी गर्न हिडेका नेताहरुलाई पक्राउ गर्र्नु नागरिक स्वतन्त्रको हनन् भएको र राज्यले नै व्दन्व्द निम्ताउन खोजेको टिप्पणी गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका हरि न्यौपाने, नयाँशक्ति पार्टीका घनश्याम पाण्डे, ग्रैह सरकारी महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारी, मानव अधिकारवादी माधव ज्ञवाली लगायतले टिप्पणी गरेका थिए ।

आज प्रधानमन्त्रीको पुत्ला जलाईने, शनिवार जन्प्रदर्शन गरिने र त्यसबाट पनि सरकारले आफ्ना नेताहरुलाई रिहार्ई नगरे आन्दोलनका थप सशक्त कार्यक्रम गरिने सो पार्टीले जनाएको छ ।

जिल्ला सेक्रेटरी खड्काको अध्यक्षतामा सम्पन्न कार्र्यक्रममा सचिवालय सदस्य प्रशान्त वरालको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *