पूर्व कर्मचारीलाई सामाजिक कार्यमा कृृयाशील जीवन विताउन अध्यक्ष घिमिरेको सल्लाह !

साधना पन्त, बागलुङ २०७४ फागुन ११ । पूर्व कर्मचारी सेवा परिषद नेपालका केन्द्रीय अध्यक्ष माधव प्रसाद घिमिरेले पूर्व कर्मचारीले आफुले सिकेको ज्ञान, बुद्धी र विवेक समाजमा परिचालन गर्नु पर्ने बताएका छन् ।

पुर्व कर्मचारी सेवा परिषद नेपाल जिल्ला शाखा बागलुङको पाचै साधारण सभा तथा अधिवेशनको विहिबार बागुङमा उदघाटन गर्दे केन्द्रीय अध्यक्ष घिमिरले पुर्व कर्मचारीहरु विभिन्न सामाजिक कार्यमा संलग्न भएर कृृयाशिल जीवन विताउनु पर्ने बताए ।

कार्यक्रममा पूर्व कर्मचारी सेवा परिषद नेपालका माहासचिव रामबाबु नेपाल , बागलुुुङका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापा, बागलुङ नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा ,पुर्व कर्मचारी सेवा परिष द कास्की शाखाका पूर्व अध्यक्ष तथा क्षत्रीय सदस्य पिताम्वर बराल,पूर्व कर्मचारी जिल्ला साखा बागलुङका पूर्व अध्यक्ष मुरारिदत्त शर्मा कार्यसमितिका सदस्य बुदि बहादुर के.सी, आजिवन सदस्य कविन्द्र्र्र प्रसाद सापकोटा , बदि प्रसाद पैडेलले शुभकामना ब्यक्त गरेका थिए ।

साधरण सभामा सचिव महेन्दसिंह रायकमाझीले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको थियो ।

कार्यक्रम्को अध्यक्षता पूर्व कर्मचारी सेवा परिषदका अध्यक्ष चिरन्जिवी कुमार श्रेष्ठ, स्वागत उपाध्यक्ष काजि रोशन र संचालन सचिव महेन्दसिंह रायमाझीले गरेका थिए । अधिवेशनले चिरन्जिवी कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षयमा काजि रोशन राजभण्डारी ,सचिवमा महेन्दसिंह रायमाझी र कोषध्यक्षमा तुलसिराम सापकोटा रहेका छन् ।

यस्तै समितिको सदस्यमा रामप्रसाद श्रेष्ठ, बुुुदि बहादुर के.सी,बदि प्रसाद पैडेल ,टेकनाथ शर्मा, कपुर जंग राजभण्डारी , ढालेन्द्र बहादुर पैडेल र भगवती श्रेष्ठ चयन भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *