Menu

ताराखोला गाउँपालिकाको वडावडामा जारी पशु शिविरमा सयौँ पशुपंक्षीको स्वास्थ परीक्षण

पूर्णभद्र निउरे ताराखोला २०७४ फागुन ११ । ताराखोला गाउँपालिकाको पशु शाखाको आयोजनामा संचालित ५ दिने निशुल्क पशु स्वास्थ शिबिरको दोस्रो दिन बिहीवार वडा न २ मा सम्पन्न भएको छ ।

वडा न २ को अर्गल भातखाने डाडामा हिँजो सम्पन्न पशु स्वास्थ शिबिरमा ७४ घर परिवारका ले सेवा लिएको छ भने साना र ठुला गरि ९६४ पशु तथा पंक्षीको स्वास्थ परिक्षण गरिएको शिबिरका संयोजक तथा ताराखोला गाउँपालिकाका पशु शाखा प्रमुख पुष्पराज अधिकारीले जानकारी दिए ।

प्रत्येक वडा मा १र१ दिन संचालन हुने शिबिर मा पशु को गर्भ परिक्षण,गोबर तथा पिसाब परिक्षण, बाँजोपन साथै संक्रामक रोग हरुको परिक्षण तथा उपचार , पशुपंक्षीहरुमा देखिने लेउ जुका लुतो जुम्रा उपिया किर्ना लगायतका औषधि निशुल्क बितरण संगै प्राविधिक सर सल्लाह दिइने शिबिर संयोजक अधिकारीको भनाइ छ ।

शिबिरको ताराखोला गाउपालिकाका पशु साखा प्रमुख पुष्पराज अधिकारी, जिल्ला पशु कार्यालय बाग्लुङ का पशु स्वास्थ प्राबिधिक केशवराज शर्मा पौडेल ,पशु बिकास अधिकृत निलकण्ठ सर्मा र पशु प्राबिधिक रमा अर्याल र दुर्गा बहादुर श्रीस ले सहजीकरण तथा प्राबिधिक सेबा प्रदान गरेको ताराखोला गाउपालिका पशु शाखाले जनाएको छ । फागुन १३ गते सम्म संचालन हुने पशु स्वास्थ शिबिर अस्ति वडा न १ र हिँजो वडा न २ मा सम्पन्न भैसकेको र ११ गते वडा न ३ , १२ गते वडा न ४ र १३ गते वडा न ५ मा संचालन हुने जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *