Menu

गल्कोट मजुवामा सुरक्षित खानेपानि सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

घनश्याम गौतम, गल्कोट २०७४ फागुन ११ । गलकोट नगरपालिका बडा नम्बर ६ मा खानेपानी उपभोक्ताहरुको लागीे सुरक्षित खानेपानि सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम बिहीवार मजुबामा सम्पन्न भएको छ ।

मजुबा कालिमाटी खानेपानी उपभोक्ता समितिद्धारा आयोजित कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथी गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले शुद्ध खानेपानी पिउने बाताबरण निर्माण गर्न नगरपालिकाले पहल गर्ने बताए । उनले सबैले सुरक्षित र स्वच्छ खानेपानी पिउने बाताबरण निर्माण गर्न जुट्नुपर्ने बताए । नगर प्रमुख गैरेले खानेपानीलाई ब्यबस्थीत रुपमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मजुबा कालिमाटी खानेपानि तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष डिल बहादुर खत्रीले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा पानिलाई कसरि सुरक्षित गर्न सकिन्छ, ब्यबस्थीत रुपमा पानिको प्रयोग गर्दा हुने फाईदा र सुरक्षित पानि हाम्रो लागी किन आवश्यक छ भन्ने बिषयमा हर्क बहादुर पाण्डेले सहजिकरण गरेका थिए ।

मजुबामा बि.सं २०६९ सालदेखी खानेपानीको उपभोक्ता समिति गठन गरेर पानीको ब्यबस्थापन गदैं आएको भएपनि निरन्तर बस्ती बिकासले गर्दा पानीको आपुर्तिमा अभाब हुदै आएको छ । बस्ती बिकास संगैं मजुवामा सम्भाबीत पानिकोे श्रोतबाट सुरक्षित पानीको ब्यबस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ ।

कार्यक्रममा मजुबा कालिमाटी खानेपानि तथा सरसफाई योजना निर्माण गरि सरसफाई र पानिको उचित ब्यबस्थापन गर्न सहभागीले जोड दिएका थिए । कार्यक्रममा गलकोट नगरपालिका बडा नम्बर ६ भित्रका करिब ९० जनाको सहभागिता रहेको समितिका सदस्य हर्क बहादुर पाण्डेले जनाकारि दिए । कार्यक्रम मजुबा कालिमाटि खानेपानी उपभोक्ता समितिका अध्यक्ष गगाँधर गैरको अध्यक्षता, सचिब गणेश बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *