Menu

बागलुङ नगरभित्रका १० हजार विद्यार्थीलाई आजै शुक्रवार हात्तीपाईले रोगको औषधी खुवाईने !

विजय राना, २०७४ फागुन ११ । राष्ट्रिय हात्तिपाईले रोग निवारण अभियान भोलि फागुन १२ गते शनिवार देखि प्रारम्भ हुने भएपनि शनिवार बिद्यालय बन्द रहने हुँदा बागलुङ नगर भित्रका बिद्यार्थीहरुलाई आजै शुक्रवार हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाको अध्यक्षतामा हिँजो बिहीवार बसेको सरोकारवालाहरुको बैठकले शनिवार खुवाउँदा धेरै विद्यार्थी औषधी खानबाट बन्चित हुने भन्दै नगर क्षेत्र भित्रका विद्यालयमा शुक्रबार नै औषधी खुवाईने निर्णय गरेको हो ।

कोही पनि बालबालिका हात्तिपाइले रोग विरुद्धको औषधी खानबाट बन्चित हुन नपरोस भन्ने उद्धेश्य सहित नगर क्षेत्रका निजि तथा सरकारी विद्यालयका विद्यार्थीलाई हात्ति पाईले रोग बिरुद्धका एल्वेन्डाजोल र डिईसी नामका औषधी खुवाईने जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

नगर भित्रका सरकारी तथा निजि विद्यालयका १० हजार विद्यार्थीलाई औषधी खुवाईने लक्ष राखिएको जिल्ला शिक्षा कार्यालय बागलुङका कुश्मराज उपाध्याले जानकारी बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *