जनहित माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

थम्मन थापा सन्देश, गल्कोट २०७४ फागुन १० । जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म बागलुङको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आज विविध कार्यक्रम सहित सम्पन्न भएको छ । कार्यक्रम समुदघाटन पछि बोल्दै प्रमुख अतिथि गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले शिक्षालाई अब समय सापेक्ष अगाडी बढाउनु पर्ने बताएका छन् । पछिल्लो समयमा सामुदायिक विद्यालय प्रति अभिभावकको चासो कम भएको भन्दै त्यस तर्फ सबै आ(आफनो क्षेत्रबाट लाग्नु पर्ने वडा अध्यक्ष थापाको भनाई छ ।

सो अवसरमा विद्यार्थी समिक्षा खडका, देउराली प्राविका प्रअ केहरसिङ थापा, अक्षयकोषकर्ता लोक बहादुर थापा, वडा सदस्य पदमा नेपाली, विद्यालयका पुर्व अध्यक्ष ललित मरासिनी र घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देश, पृथ्वी मावि श्रोतकेन्द्रका श्रोतव्यक्ति बम बहादुर थापा र शिव मावि श्रोतकेन्द्रका श्रोतव्यक्ति दिनेश पन्तले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा एकता युवा मञ्च मल्मले गत वर्ष विद्यालयमा स्थापना गरेको रु १ लाखको वार्षिक व्याज बाट विद्यालयमा अध्ययनरत ४ जना विपन्न दलित तथा जेहेन्दार विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको थियो । त्यस्तै घुम्टे युवा परिवार मल्मले सञ्चालन गरेको स्वर्गिय मुकुन्द चोखाल स्मृति पुरस्कार समेत वितरण गरिएको छ । वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सॅगै पुरस्कार वितरण समेत गरिएको थियो । वार्षिकोत्सव समारोह जनहित माध्यमिक विद्यालय मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता र शिक्षक रामचन्द्र गौतम र मिरा खडकाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *