यसरी मिल्यो एमाले र माओवादीवीच मन्त्रीहरुको भागबण्डा !

काठमाडौ २०७४ फागुन १० । नेकपा एमाले र माओवादीबीच आज बनेको सहमती बमोजिम १७ मन्त्रालयहरु मध्य एमालेले १० र माओवादीले ७ मन्त्रालय पाएको छ ।

दुबै पार्टी एकीकृत भएर नेपाल कम्यूनिष्ट पार्टी नामाकरण गरिएको भएपनि मन्त्री परिषदमा जाने विषयमा यस्तो भागबण्डा गरिएको हो ।

समाचार श्रोतका अनुसार एमालेको भागमा अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन,
सूचना सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्ययन शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेको छ भने माओवादीलाई तपसीलका गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि, सहकारी तथा भूमि व्यवस्थापन, श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय परेका छन् ।

कुन दलबाट को को मन्त्री हुने भन्ने कुरा सार्वजनिक गरिएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *