Menu

ताराखोलामा हात्तीपाइले रोग संवन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७४ फागुन १० ।राष्ट्रिय हात्ती पाइले रोग निबारण अभियान अन्तरगत गाउँपालिका स्तरिय अभिमुखिकरण गोष्ठी आज ताराखोलामा सम्पन्न भएको छ । ताराखोला गाउपालिकाको स्वास्थ शाखाको आयोजनामा गाउपालिकाको केन्द्र अर्गल भातखाने डाँडामा सम्पन्न कार्यक्रममा गाउँपालिका भित्रका राजनैतिक दल, जनप्रतिनिधि , शिक्षक , स्थानीय बुद्धिजिवी , महिलस्वास्थ स्वयं सेबिका लगायत को सहभागिता रहेको थियो।

कार्यक्रममा हात्तिपाइले रोगको परिचय,रोगको लक्षण ,परिक्षण गर्ने तरिका , बिश्व तथा नेपालमा यस रोगको अवस्था , रोग बाट बच्ने उपाय साथै औषधि सेबन गर्ने तरिका लगायतका बिषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा राजनैतिक दलको तर्फबाट डम्मर बहादुर थापा , वडा न ४ का वडा अध्यक्ष जित बहादुर खत्री सहभागी गोरिमाया खत्री लगायतले मन्तव्य राखेका थिए ।
आगामी फागुन १२, १३ र १४ मा संचालन हुने राष्ट्रिय हात्ती पाइले रोग निबारण अभियानका लागि ताराखोला गाउपालिका मा २० जना स्वास्थ कर्मी ५५ जना महिला स्वास्थ स्वयं सेबिका र २५ जना स्वयं सेबक खटाइएको स्वास्थ शाखा प्रमुख शंकर बिष्टले जानकारी दिए ।

कार्यक्रमको सहजीकरण ताराखोला गाउपालिकाका स्वास्थ शाखा प्रमुख शंकर बिष्टले गरेका थिए । कार्यक्रम वडा न २ का अध्यक्ष भद्र बहादुर घर्तीको अध्यक्षता र ताराखोला गाउँपालिका वास संयोजक भिमा रोकाको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *