Menu

जिल्लाको समग्र विकासका लागि प्रयत्नशील रहने सांसद केसीको स्पष्टोक्ति !

मासु व्यवसायी संघको साधारणसभा तथा अधिवेशन सम्पन्न : कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति गठन !

रबिना बोहरा, बागलुङ, २०७४ फागुन १० । प्रतिनिधिसभाका समानुपातिक सांसद मनकुमारी केसीले उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै गुणस्तरीय मासु बिक्रि वितरण गर्नुपर्ने बताएकी छन् । मासु व्यवसायी संघ बागलुङको सातौँ साधारणसभा तथा अधिवेशनको अवसरमा बोल्दै सांसद केसीले यस्तो बताएकी हुन् ।

एमाले बैकल्किप केन्द्रिय सदस्य समेत रहेकी केसीले मासु व्यवसाय प्रतिष्पर्धा भन्दा बढि उपभोक्तामैत्री ढंगबाट सञ्चालन गर्नुपर्ने चर्चा गर्दै व्यवसायिक पशुपालन गरी मासुजन्य उत्पादनलाई बजारिकरण गर्न आवश्यक रहेको बताईन् । पशुपंक्षीहरुको संरक्षणमा पनि ध्यान दिनुपर्ने उनको सल्लाह थियो ।

अहिले नेपालमा निर्यात भन्दा बढी आयात गर्ने प्रचलन रहेको भन्दै युवाहरुलाई विभिन्न अनुदान दिएर व्यवसाय गर्न प्रोत्साहन दिनुपर्ने धारणा राख्दै उनले आफ्नो पार्टी सरकारमा गएकाले जिल्लाको आर्थिक, सामाजिक, शैक्षिक तथा समग्र विकासका लागि समस्या र सम्भावनाका बिषयहरुलाई उजागर गर्न प्रयत्न गर्ने स्पष्ट पारिन् ।

कार्यक्रममा उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले आफुहरुले नियमित अनुगमन गर्ने क्रममा गुणस्तरहीन मासुहरु पनि फेला पार्ने गरेको भन्दै उपभोक्ताको स्वास्थ्यमा सबै सचेत रहन आग्रह गरे ।

साधारणसभाका अवसरमा संघका अध्यक्ष तेजेन्द्रबहादुर जिसीले नेपाल पत्रकार महासंघको निर्माणाधीन भवनका लागि नगद ५ हजार १ सय रुपैँया महासंघलाई प्रदान गरेका थिए ।

साधारणसभाले सचिव र कोषाध्यक्षको आर्थिक तथा प्रगती प्रतिवेदन पारित गरेको जनाएको छ । कार्यक्रम संघका अध्यक्ष जिसीको अध्यक्षता, सदस्य लोकेन्द्र केसीको स्वागत मन्तव्य र सचिव कृष्ण कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

साथै अधिवेशनले कृष्ण कार्कीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लालबहादुर पुन, सचिवमा राजु केसी, सहसचिव प्रचण्ड श्रेष्ठ, कोषाध्यक्ष सुमित्रा शर्मा चयन भएका छन् । यस्तै सदस्यहरुमा मोहन छन्त्याल, रेनु पौडेल, काजीमान थापा, होमबहादुर श्रीष जिवन भारी, तेजेन्द्र थापा, आकाश केसी, बलबहादुर पुन, तारा थापा, राजु बोहोरा, मिलन विश्वकर्मा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *