Menu

रोजगारीबाट घर फर्कदै गर्दा चार सन्तानका बाबुले बिचबाटै अर्की श्रीमती घरमा लगेपछी…

कुम्बिर बिश्वकर्मा ,२०७४ फागुन १० । बैदेशिक रोजगारीमा गएकाहरुका श्रीमतीहरु लाखापाखा लागेर बालबच्चाको बिचल्ली र घरबार चौपट भएको समाचार आईरहँदा निसीखोला वडा नम्बर-६ गायम बस्ने चार बालबच्चाका बाबु ४०/४५ वर्षका जोख बहादुर कामी (जोखे) दुई वर्ष पछी वैदेशिक रोजगारीबाट घर फर्कदा बीच बाटोबाटै अर्की श्रीमती लगेर घर पुगेका छन् ।

जोखबहादुरले विदेशबाट घर फर्किने क्रममा ढोरपाटन नगरपालिका साबिक बोवाङकी एक महिलालाई कान्छी श्रीमतीको रुपमा घरमा लगेर जेठी श्रीमती ४३ वर्षिया रमैला बिकलाई निर्घात कुटपिट गरेकाले पीडित जेठी श्रीमतीले न्यायको लागि निसी प्रहरी चौकीमा उजुरी दिएकी छन् । प्रहरी चौकीले उनका श्रीमानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको श्रोतले बतायो ।

पीडित रमैलाले भनिन, ‘तीन छोरा र एक छोरीलाइ आफ्नै बुवा समक्ष राख्दिए हुन्छ, मलाइ मेरो क्ष्रतीपुर्ती दिए हुन्छ किनभने त्यो घरमा बसेर यसले मलाइ फेरि पनि कुटपिट गर्छ ।’

उता पीडित रमैलालाइ न्याय दिलाउनको लागि आज बिहीबार प्रहरी चौकी निसी र स्थानीय जनप्रतिनिधि भद्रभलादमीको रोबाहोरमा छलफल हुने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *