निसी बायखोलाकी टीका कार्कीको मृगौला फेल, उपचारमा आर्थिक अभाव हुँदा सहयोगको याचना !

राम सुवेदी, बुर्तिबाङ २०७४ फागुन १० । निसीखोला गाउँपालिका वडा नं. २ बायखोला घर भएकी टीकाकुमारी कार्कीको दुबै मृगौलाले कामगर्न छाडेपछि अहिले भैरहवाको एक अस्पतालमा डायलसिस गराइ रहेकीछन् ।

नेपाल सरकारको आर्थिक सहायतामा कार्कीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्समा मृगौलाको डायलसिस भइरहेको उनका श्रीमान कृष्णबहादुर कार्कीले बताए । डायलिसेस गरेरमात्र समस्याको समाधान नहुने भएपछि, आफ्नो एउटा मृगौला श्रीमति टीकालाई प्रत्यारोपण गर्न चिकित्सकहरुसँग परामर्श गरेको बताए । त्यसकालागि समेत आर्थिक अभाव देखिएकाकारण सबैसँग जीवन बचाउका लागि आर्थिक सहायतको आव्हान गरिएको कृष्ण कार्कीले बताए ।

पारिवारिक अवस्था कमजोर छ । आर्थिक सहयोगका लागि अस्पताल, गाउँपालिका र वडाकार्यालयबाट समेत सिफारिस बनाएर विभिन्न व्यक्ती, सहयोगदाता भेट्दै हिंडेको उनको भनाई छ । सहयोगका लागि स्थानीय सञ्चारमाध्यमहरुले समेत अपिल गरिरहेका छन् । तीन÷तीन जना बालबच्चको पठनपाठन र लालन पालनमा समस्या आएपछि आफू रोजगारका लागि विदेशमा भएको समयमा परिवारको यस्तो समस्या आइपरेको कृष्णले दुःख पोखे ।
श्रीमति उपचारकाक्रममा भैरहवा रहँदा आफूपनि उतै बस्नु पर्छ । आफ्ना बालबच्चाको पढाई समेत विग्रने चिन्ता कृष्णलाई छ । उनका ११ वर्षकी छोरी सन्या कक्षा ५ मा पढछिन, ९ वर्षका छोरा योगेन्द्र कक्षा ४ मा र ७ वर्षकी छोरी विष्णु २ कक्षामा पढ्छिन् । उनीहरुले बायखोलाकै वराह प्राविमा पढदैछन् । घरमा हजुरबुवा हजुरआमाको सहयोगमा उनीहरु विद्यालय जाने गरेका त छन तर आमा विरामी भएको पिर भने उनीहरुलाई पनि उत्तिकै छ ।

२०७३ साल चैत्र महिनामा पाल्पाको प्रवास अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी टीकाको गर्दा मृगौला खराव भएको चिकित्सकले बताएपछि उनको उपचार सुरु गरिएको थियो । त्यसबेला आफ्नो परिवारको आर्थिक अवस्था कमजोर भएका कृष्ण रोजगारीका लागि विदेशमा थिए । घरमा श्रीमति विरामी भएको र अस्पतालमै राखेर डायलेसिस गर्नुपर्ने खबर आएपछि घर पर्किएको कृष्णको भनाई छ । उपचारमा हालसम्म करिव ७ लाखबढी खर्च भइसकेको उनले बताए ।

अवको उपचारमा पैसा छैन तर सहयोग कस्ले गरिदेला भनेर दिनरात चिन्ता लाग्ने गरेको उनको भनाई छ । यस्तो अवस्थामा सक्ने सुबैसँग आर्थिक सहायताको याचना गर्दै कृष्णले आफ्नो गरिव परिवारको यो विचल्लीबाट उन्मुक्ति दिन सहयोग गरिदिन आग्रह गरेकाछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *