Menu

गल्कोट दुदिलाभाटी स्थित सिरबारे प्राथमिक बिद्यालयको रजत जयन्ती जारी

गुमानसिँह भण्डारी, गल्कोट २०७४ फागुन १० । सामुदायिक बिद्यालयलाई अभिभावकहरुले सस्थागत बिद्यालय सरह हेनुपर्ने पृथ्वी माद्यमिक बिद्यालय हरिचौर स्रोतकेन्द्रका स्रोतब्यक्ति बम बहादुर थापाले बताएका छन् ।

गल्कोट दुदिलाभाटी स्थित सिरबारे प्राथमकि बिद्यालयको रजत जयन्ति तथा २५ औ बार्षिकोत्सब कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।
पछिल्लो समय सस्थागत बिद्यालयलाई अभिभावकहरुले बिशेष चासोका साथ हेर्ने भन्दै सामुदायिक बिद्यालयको शिक्षा क्षेत्रको बिकासका लागी चासो दिन छोडेको थापाको आरोप थियो ।

थापाले सिरबारे प्राथमिक बिद्यालय बिगतमा गलकोट क्षेत्रमध्येको राम्रो बिद्यालयको रुपमा चिनिएको बताउदै आगामि दिनमा बिद्यालयको शैक्षिक भौतिक बिकासका लागी आफनो क्षेत्रबाट बिशेष सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै शिव माद्यामिक बिद्यालय काडेबास स्रोतकेन्द्रका स्रोतब्यक्ति दिनेश पन्तले बिद्यालयका सिकाएको शिक्षाले मात्र बिद्यार्थी पुर्ण नहुने चर्चागर्दै अभिभावकले बिद्यार्थीको चौतर्फि बिकास गर्नका लागी घरमा सहि संकार सिकाउनुपर्ने बताए ।

सामुदायीक बिद्यालयमा पढ्न आउने बिद्यार्थीहरुलाई अभिभावकहरुले खासै चासो नदिने बताउदै पन्तले यस्तो प्रबृति त्याग्न आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै सरस्वती माद्यामिक बिद्यालय दुदिलाभाटीका प्रध्यानाध्यापक भिमप्रसाद पुनले सामुदायीक बिद्यालयको शैक्षिक अवस्था कमजोर हुनुमा शिक्षकको पुर्ण हात भएको झुटो आरोप लाग्ने गरेको उल्लेख गर्दै सामुदायीक बिद्यालयमा अभिभावकको चासो कम हुदाँ त्यसको प्रभाव नदेखिने र शिक्षकले अध्यापन गराउने हुदाँ शिक्षकको मात्र दोष देखिने स्पष्ट पारे ।

सो अवसरमा रजत जयन्ति कार्यक्रममा सबैभन्दा बढि आर्थिक सहयोग प्रदान गर्ने चौराह माद्यामिक बिद्यालयका पुर्व प्रध्यानाध्यापक तथा स्थानिय गलकोट नगरपालिका १ दुदिलाभाटी पात्लेखोलाका केशव श्रीस, प्रमुख अतिथी बम बहादुर थापा, बिशिष्ट अतिथि दिनेश पन्तलाई टिका र माया सहित सम्मान पत्रद्धारा सम्मान प्रदान गरिएको थियो ।

रजत जयन्तिका अवसरमा सञ्चालन गरिएको पुरुष अभिावक बिचको लुठो तान्ने प्रतियोगितामा पात्लेखोलाका अभिभावकहरु बिजयी भएका छन भने महिला अभिभावक बिचको प्रतियोगितामा पनि शान्ति आमा समुह पात्लेखोलाका अभिभावकहरु बिजयी भएका छन । त्यस्तै महिलाहरुको घैटो फोर प्रतियोगतामा कुशुम भण्डारी बिजयी भएका छन् ।

रजत जयन्ति कार्यक्रम सफल पार्नका लागी बिद्यालयलाई बिभिन्न क्षेत्रबाट सहयोग आउने क्रम चलिरहेको बिद्यालयका प्रध्यानाध्यापक धन बहादुर पुनले बताए । कार्यक्रम आगामि फागुन ११ गतेसम्म सञ्चालन हुने बिद्यालयले जनाएको छ ।

रजत जयन्तिका अवसरम खुल्ला सामुहिक नृत्य प्रतियोगिता, प्राबि स्तरिय हाजिरीजवाफ प्रतियोगिता, बालनृत्य प्रतियोगिता, चित्रकला प्रतियोगता लगायतका प्रतियोगिताहरु आयोजना गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *