Menu

हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक !

सन्ध्या आचार्य, बागलुङ २०७४ फागुन १० । जैमिनी नगरपालिका १ कुश्मिशेरा स्थित कुश्मिसेरा प्राथमिक स्वास्थ्य चौकीमा हात्तीपाइले (फाइलेरिया) रोगबिरुद्धको अभियानका लागी अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

आगामी फागुन १२, १३ र १४ गते हात्तीपाइले रोग निवारणको लागी खुवाइने औषधीको बारेमा बुधवार आयोजित नगरपालिकास्तरिय आन्तरक्रिया कार्यक्रमको जैमिनी नगरपालिकाका उपप्रमुख लिला राणाले अध्यक्षता गरेका थिए ।

हात्तीपाइले रोगले गर्ने असर र त्यसका लक्षणहरु साथै औषधी खानुपर्ने कारण र त्यसका फाइदाका बारेमा प्रशिक्षक डाक्टर बिष्णुहरी मरहट्ठाले प्रकाश पारेका थिए ।

यस अघीपनी धेरैपटक औषधी खुवाइसकिएको तर त्यती प्रभावकारी नभएकाले अबको भ्रम चिर्दै अभियान सफल बनाउनुपर्ने डाक्टर मरहट्ठाको भनाइ थियो ।

आगामी १२ , १३ र १४ गते हात्तीपाइले रोगबिरुद्धको औषधी खुवाइने भएकाले सबैले आ आफ्नो क्षेत्रबाट पुर्णरुपमा सहयोग गर्न स्वास्थ्य केन्द्रले आग्रह गरेको छ ।

हात्तीपाइले रोगको औषधीको बारेमा बिभिन्न भ्रम समाजमा आएकाले बनावटी र नचाहिदो हल्लामा नलागी ढुक्कसंग औषधी खानका लागी स्वास्थ्यकर्मीहरुले आग्रह गरेका थिए । कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, बिभिन्न संघ संगठनका प्रतिनिधीहरु, समाजसेवी तथा बिभिन्न ब्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।

जैमिनी नगरपालीकामा हात्तीपाइले रोग निवारणको लागी राज्यले ठुलै लगानी गरेकाले यसमा सबैले सहयोग गर्नुपर्ने सहभागीहरुको भनाइ थियो ।

आगामी १२, १३ र १४ गते ख्वाइने हात्तीपाइले रोग निवारणको औषधी सबैले खाइदिन आग्रह गरिएको छ । औषधी खुवाउनका लागी टोल टोलमा बुथ स्थापना गरी कर्मचारी ब्यवस्थापन गरिसकिएको अस्पताल प्रमुख बिजय शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *