Menu

नरेठाँटीमा डकर्मी रिफ्रेसर तालीम : श्रमको सम्मान गर्न नगरप्रमुख गैरेको सुझाव !

घनश्याम गौतम, गल्कोट २०७४ फागुन १० । घरेलु तथा साना उद्योग विकास समितीको आयोजना गलकोट नगरपालिकाको समन्वय र पुननिर्माण प्राधिकरणको सहयोगमा गलकोट नगरपालिकाको बडा नम्बर २ नरेठाँटीमा ७ दिने डकर्मी तालिम बुधवार सम्पन्न भएको छ ।

समापनको अबसरमा बोल्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले रिफे्रसर तालिम सिकाईको लागी अन्तिम नभएर सूरुवात भएको बताउदै डकर्मी रिफेसर तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गरे ।

“गलकोट नगरपालिकाले श्रमलाई सदैब सम्मान गर्दै निरन्तर सिप बिकास कार्यक्रम सञ्चालन गने लक्ष्य बनाएका छौं” भन्दै नगरप्रमुख गैरेले श्रमलाई श्रमिकले वेवास्ता गरिरहेको वर्तमान अवस्थामा श्रमको सदैव सम्मान गर्नुपर्ने सुझावपनि दिए ।

सो अवसरमा नगरप्रमुख गैरेले गलकोट नगरपालिकाले सिप विकास गरि समृद्ध गलकोट निर्माण अभियानको सूरुवात गरेको जनाकारी दिए ।

घरेलु तथा साना उद्योग विकास समिति बागलुङका प्रमुख नारायण न्यौपानेले नेपाल सरकार कै कार्यक्रम अन्तरर्गत यो रिफे्रसर तालिमको आयोजना गरिएको जानकारी दिँदै आगामी दिनमा पक्की घर तथा भवन निर्माण सम्बन्धि तालिमको आवश्यकता अनुसार उक्त तालिम निकट समयमा सञ्चालन गर्ने बताए ।

कार्यक्रममा गलकोट नगरपालिका वार्ड नम्बर ९ का वडा अध्यक्ष तेज बहादुर थापा तिलोकले तालिमबाट प्राप्त प्रमाण पत्रलाई सहि तवरले सदुपयोग गर्न आग्रह गरेका थिए । सहभागिको तर्फबाट सञ्जय नेपालीले तालिम प्राप्त डकर्मीलाई आवश्यक कामको व्यवस्थापन गर्न गलकोट नगरपालिका समक्ष आग्रह गरेका थिए ।

गलकोट नगरपालिका भित्रका सबै वडाबाट सहभागी करिब ५० जना डकर्मीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

भु्ूकम्प प्रतिरोधी तथा ब्यबस्थीत घर निर्माण गर्नेको लागि तालिम दिइएको बताउदै तालिमका प्रशिक्षक पुननिर्माण प्राधिकरणका ईन्जीनियर नारायण पौडेलले गलकोट नगरपालिका सँग सहकार्य गरि अगाडि बढ्न डकर्मीलाई आग्रह गरेका थिए ।

फागुन ३ गते देखी सुरु भएको ७ दिने तालिमको समापन कार्यक्रम गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तको अध्यक्षता वडा सदस्य घनश्याम कुवँरको स्वागत तथा उधम विकास सहजकर्ता छम कुमारी घर्तिमगरको संञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *