Menu

गल्कोटमा नगरस्तरिय वार्षिक प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न

घनश्याम गौतम, गल्कोट २०७४ फागुन १० । गलकोट नगरपालिकाको आयोजनामा हटियामा कक्षा ८ को नगरस्तरिय वार्षिक प्रश्नपत्र निर्माण कार्यशाला मंगलबार सम्पन्न भएको छ ।

गल्कोट बहुमुखी क्याम्पसमा सम्पन्न कार्यशालामा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले सम्रग शिक्षालाई गुणस्तरियता प्रदान गर्ने प्रश्नपत्र निर्माण कार्यशालाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले कार्यशाला, छलफलबाट तयार पारिएको प्रश्नपत्रले विद्यार्थीको सिकाई उपलब्धी मापन गर्न सहजता मिल्ने बिश्बास ब्यक्त गरे ।

कार्यक्रममा उपप्रमुख रेनुका काउचा मगरले प्रभावकारी शिक्षाको मापन गर्न शिक्षक विषय विशेषज्ञ सम्मिलित प्रश्नपत्र निर्माण कार्यशाला कोशेढुङगा सावित हुने बताईन् ।

कार्यक्रममा गलकोट नगरपालिका भित्रका विद्यालयहरुबाट करिब ३० जना शिक्षकहरुले विभिन्न विषयका प्रश्नपत्र निर्माण गरि स्रोतव्यक्ति व्दय दिनेश पन्त र बम बहादु्र थापालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पृथ्वी माध्यमिक विद्यालय हरिचौरका स्रोत व्यक्ति बम बहादुर थापा र शिव माध्यमिक विद्यालय काँडेवासका स्रोतव्यक्ति दिनेश पन्तले सहजीकरण गरेका थिए ।

कार्यक्रम पृथ्वी माध्यमिक विद्यालय हरिचौरका स्रोत व्यक्ति थापाको अध्यक्षता केन्द्राध्यक्ष बद्री प्रसाद ढकालको स्वागत र शिव माध्यमिक विद्यालय काँडेवास स्रोतव्यक्ति पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *