Menu

झण्डै दुई दशक अघिका पूर्व विद्यार्थीहरुबाट त्रिभुवन माबिलाई ४ लाख सहयोग

कौरव खत्री, गुल्मी २०७४ फागुन ४ । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरु मिलेर विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।
मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा भुवाचिदिमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गरि २०५६ सालमा एसएलसी पास गरेर २५ जना विद्यालयका भूतपूर्व विद्यार्थीहरु मिलेर स्र्वण महोत्सवका अवसरमा रु ३ लाख, ८८हजार १ सय, १६ रुपैया बरावरको आर्थिक संकलन गरेर विद्यालयलाई सहयोग प्रदान गरिएको अभियानका अभियन्ता अमृत रिजालले जानकारी दिए ।

महोत्सवमा विद्यालयलाई आर्थिक सहयोग गर्ने भूतपूर्व विद्यार्थीहरुको प्रतिनिधित्व गदै अभियानका संयोजक अमृत रिजाललाई विद्यालयले महोत्सवमा रुपमा भव्य सम्मान गरेको थियो ।

हाल देश विदेशमा छरिएर रहेका भूतपूर्व विद्यार्थीहरुलाई समेटेर आफूहरुले अध्ययन गरेको झण्डै दुई दशकपछि विद्यालयलाई विद्यार्थीहरु मिलेर सामाजिक सञ्जाल मार्फत अभियानका अभियान्ताहरु अमृत रिजाल, मोहन रायमाझी, लगायतको विशेष सक्रियता रकम संकलन गरि विद्यालयलाई सहयोग गरिएको अभियन्ता रिजालले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *