Menu

त्रिभुवन मावि कुर्घाको स्वर्ण महोत्सव सम्पन्न : जनवादी गायक शर्माव्दारा २५ हजार सहयोग !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ फागुन ८ । जनवादी गायक जीवन शर्माले गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको त्रिभुवन माविको लागि नगद २५ हजार सहयोग गरेका छन् । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा गायक शर्माले सो रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा गीत गाउन पुगेका गायक शर्माले विद्यालयलाई गुल्मी कै नमुना गराउन र व्यावसायीक शिक्षा सुरु गर्ने उद्देश्य पुरा गर्न भन्दै नगद हस्तान्तरण गरेको बताए । सर्वहारा जनताको पक्षमा गीत गाउने शर्माले कुर्घाको भुवाचिदी वजारमा रहेको विद्यालयलाई सहयोग हस्तान्तरण गर्दा स्थानिय सहयोगदाता समेत उत्साहित वनेका थिए ।

विद्यालयका शिक्षक निलम शर्माले कलाकार शर्माको कदमले स्थानियलाई थप सहयोगको लागी प्रेरित गरेको वताए । यसै विच गायक शर्मालाई विद्यालयको तर्फवाट मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्मा लगाएतले सम्मान गरेका थिए ।

६ दिन सम्म चलेको त्रिभुवन माविको स्वर्ण महोत्सव समारोह मंगलवार सकिएको छ। महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिईन् ।
“गुणस्तरीय प्राविधिक शिक्षा, नमुना विद्यालय हाम्रो प्रतिवद्धता” भन्ने नारासहित विद्यालयले स्वर्ण महोत्सवको अवसरमा गरेको आर्थिक अभियानमा १ करोड ९५ लाख संकलन भएको छ ।

आज भएको समापन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम वहादुर थापाले प्रतिवेदन पेश गर्दै कार्यक्रममा सहयोग गर्ने सवै प्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् । वि.सं. २०२४ सालमा स्थापना भएको विद्यालय शैक्षिक संगसंगै खेलकुद तथा अन्य विद्यामा समेत उत्कृष्ट विद्यालयको रुपमा प्रस्तुत हुँदै आएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *